१४ बर्ष देखि साउदीअरबमा अलपत्र परेका जितबहादु मातृभूमि फर्कन सफल।

0
october 31,2016

गरिवीका कारण२०६२सालमा प्रवास साउदी अरेबिया छिरेका कास्की ७ मकैखोलाका जितबहादुरको १४ बर्ष पछि मातृभूमि नेपाल फर्कने सपना पूरा भयको छ।
रोजगारीका सिलसिलामा साउदी अरेबियाको राफा भन्ने ठाउँमा भेडाबाख्रा चराउने काममा आयका जित बहादुर मालिकको दाजुभाइ बिचमा भएको मनमुटावका कारण चोरीको अभियोगमा  जेल परेका थिए ।
५५ बर्षका सेतै फुलेकाे बुढाे मान्छे मर्ने आज हाेकि भाेलि टुङ्गाे छैन , नेपाली माटाेमा टेकेर मर्न पाउ भनेर गुहार मागेका जित बहादुर आज यो नर्कको जिबनबाट मुक्ति पायका छन् । गरिबिले थिचियका जित बहादुरलाई , बाध्यता थियाे भाेकाे पेट नाङ्गाे शरीर अनि लालाबालाकाे उज्वल भबिष्यको । त्यहि सपना बाेकेर २०६२ सालमा रोजगारीका लागि अरब हानिएका  कास्की ७ मकैखाेलाका जित बहादुर पाेखरा महेन्द्र गुफाका लक्ष्मण बस्नेत नाम गरेका  दलाल मार्फत साउदी  पुगेका हुन् ।
तर उनकाे सपना अन्धकार , कालकाेठरी अनि मरुभुमिकाे बालुवा सँगै रुमल्लिन पुग्याे ।
आज भन्दा १४ बर्ष अगाडि साउदीमा मासिक ४०० रियाल मा बाख्रा चराउन पुगेका उनी सँगै काम गर्दै आयका  साहुकाे भाइले चोरी गरे पछी आक्रोस आयको साहुले दुबै जनालाइ पुलिस थाना लगेको थियो किन पुलिस थाना लादै छ थाहा भएन भाषाको समस्याका कारण साेधपुछ पनि गर्न नसक्ने  ।उनलाई लाई ६ महिना सम्म जेलमा राखियाे र ६महिनापुगे पछि काेर्टमा लगियाे अदालतमा साहुले उनी माथि ७७ हजार रियलको काे केश गरेकाे जानकारी पाय तर त्याे रकम नेपाली रुपैयाँ हाे वा साउदी रियाल उनी अनबिज्ञ थिएँ यसरी मुद्दाचल्दै गरेको खण्डमा अचानक चाैकिमा ल्याईयाे र ७७ हजार रियल  तिर्नुपर्ने बताईयाे उनी ४०० रियाल मा मजदुरी गर्ने मान्छे उनीले यति मोटो रकम तिर्न सम्भवनै थियन रयसैले  फेरि उनीलाई जेल चलान गरियाे
तीन बर्ष जेल  सजाय भएपछि नेपाल MBC बाट आधिकारिक  ब्यक्ति आए र हस्ताक्षर गरेमा उनी नेपाल  फिर्ता हुन पाउने  भनेपछि हार गुहार गरेँ  पछी दुतावासबाट हरी घिमिरेलगायत टोलीहरु पुगेर हस्ताक्षर गरे ।
२७ दिनपछि छुटकारा पाउने भने पछी जितबहादुर खुसी भएँ  नेपाल जाने मिठा सपना बोकिरहे  २७ दिने प्रतीक्षाको घडी सकियो आशा हरु मर्दै गय  तर कैयाै २७ दिनहरु बिते आशैआशामा सात बर्ष बित्याे अनि उनी  जेलबाट रिहा भएँ
जेलबाट सजाए सकिएकाे र रिहा भएकाे कागजात दियाे , प्रहरी चाैकिबाट पनि रिहा भएको कागजात दिए । घर जाने तयारीमा थिएँ , घर जानका लागि एकामाकाे पैसा तिर्नुपर्छ भन्ने नया बज्रपात बज्रियाे उनी माथी १४ बर्षलामाे समय जेलमा बिताएकाे हुदा राेटि खानलाइ समेत पैसा थिएन कसरी तिर्नु अकमाको पैसा अन्तयमा साहुले अकामाकाे पैसा तिर्ने भयाे । घर फिर्ने कुरा हुदाहुदै जवाजात ले पासपाेर्ट बिना नेपाल फिर्ता हुन नपाउने भनेपछि थप समस्यामा परे ।
उनी सँग पासपाेर्ट थिएन । पासपाेर्ट नभएपछि रियाद नेपाल दुतावास गएर पासपाेर्टका लागि लिखित कागजात ल्याएँ । तर ती कागजातले नेपाल फिर्ता हुन नपाउने भएँ ।
पासपाेर्ट बिना नेपाल फिर्ता हुन नपाउने र कपिलले पासपाेर्ट नदिने भएपछि उनले साथीहरुको बहकाउमा लागेर  कपिलले पासपाेर्ट नदिएकाे हुदा पासपाेर्ट दिलाई पाउ भने अदालतमा मुद्दा दायर गरेँ रिहा भयको कहि समयमा नै नेपाल जान पाउने जितबाहादुरले मालिक माथी मुद्दा हालेर गलत काम गरेको साउदी दुतावासका महामहीम आन्नद प्रसाद शर्माले जानकारी दिनुभयको थियो ।
उनिलाइ मालिकले दियको पिडा अति असहनिय छ त्यो समयमा मालिकले १ हस्ताक्षर  गरेर पासपोर्ट दियो भने जित बहादुर सजिलो सँग नेपाल जान सक्थे  तर जित बहादुरको मालिकलाई राफा पुलिसले कयौपटक बोलाउदा पनि हरेक वाहान बनाउने कहिले साउदी रियाद छु त कहिले साउदी बाहिर छु भनी झुट बोल्ने गर्थो नत आफुनै आउथ्यो  न त पासपोर्ट नै दिन्थ्यो जित बहादुर दिनहुँ पुलिस चौकी धाउदा धाउदा राफा पुलिसले साउदी रियल ५५५० तीरे नेपाल जान पाउने बताय ।
यस पछि नेपाल फर्कने निर्णयमा जित बहादुरले सयकडा तिनको दरले आफ्नो घरजग्गा धितो राखेर आफ्नो मितभाइ पर्ने सँग उक्त रकम दुबईबाट मगायका हुन।
अकमा= ५५५०/=
ईन्सुरियन्स =७५०/=
एयर अरेबिया टिकट= १९००/=
जम्मा साउदी रियल= ८२००/= तिरेर उनी आज उनी एयरअरेबिया बिमानबाट  बिहानको  9:5 मा नेपाल जाँदै छन उनी रातको १० :१५ बजे पुग्ने छन् उनलाई एयरपोर्ट देखि होटलमा पुराउने जिम्मेवारी पौरखी ग्रुप गेष्टहाउसले लियको छ  र बसेको खायको र काठमाडौदेखी कास्की पोखरा सम्म पुग्दा लाग्ने खर्च कतारबाट समाजसेवी प्रकाश परियारले जिम्मेवारी लिनुभयको छ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top