गिरानचौरको एकीकृत वस्ती हस्तान्तरण ।

0
शनिबार १३कार्तिक २०७३
घर बनेपछि गिरानचौरका भूकम्प पीडित हर्षित भएका छन्
सरकारी अगुवाइमा अघि बढ्ने भनिएको पुनर्निर्माण अभियानले ठोस गति लिन नसकिरहेको बेला नमुना ङवस्ती निर्माणमा जुटेको एक हास्यकलाकार जोडीले शुराष्बार भूकम्प प्रभावित गिरानचौरमा दोस्रो एकीकृत नमूना वस्ती लाभग्राहीलाई विधिवत रुपमा हस्तान्तरण गरिदिएको छ।
मेलम्ची नगरपालिकामा पर्ने गिरानचौर सिन्धु नदीदेखि छेवैको डाँडामाथि अवस्थित छ।
धुर्मुस र सुन्तली भनेर चिनिने सीताराम कट्टेल र कुञ्जना घिमिरेको समन्वयमा निर्माण गरिएको सिन्धुपाल्चोक, गिरानचौरको एकीकृत नमूना वस्ती ५ करोड रुपैंयाँ भन्दा बढीको लागतमा पुरा भएको बताइएको छ।
गिरानचौरको नमुना वस्तीमा ६५ वटा नयाँ घर तथा एक सामुदायिक भवन निर्माण गरिएको छ।
यसअघि धुर्मुस सुन्तली फाउन्डेसनले काभ्रेपलान्चोकको डाँडागाउँमा २० वटा घर भएको पहिलो एकीकृत नमुना वस्तीको निर्माण गरेको थियो।
अनुरोध

राष्ट्रपति विद्यादेवी भण्डारीले सो वस्तीको प्रशंसा गर्दै एकीकृत वस्ती निर्माणको त्यो प्रयासबाट पाठ सिक्न सरकारी अधिकारीहरुलाई आग्रह गरेकी छिन्।
हेलिकोप्टरबाट वस्ती हस्तान्तरण कार्यक्रममा पुगेकी भण्डारीले भनिन्, “यो नमुना वस्ती सरकारका मन्त्री, पुनर्निर्माण प्राधिकरणका लागि अन्य स्थानमा यस्तै एकीकृत वस्ती निर्माण गर्न एक ताजा तस्वीर हुन सक्छ।”
विनाशकारी भूकम्प गएको डेढ वर्ष बितीसक्दा पनि हट्न नसकेको सरकारी ढिलासुस्तीमाझ धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरानचौरमा नमुना एकीकृत वस्ती निर्माणको काम सम्पन्न गरेको हो।
कलाकार कट्टेलका अनुसार नेपाल र विदेशमा रहेका व्यक्ति तथा सामाजिक संघ संस्था तथा नेपाल सरकारका विभिन्न निकायको सहयोगमा गिरानचौरको एकीकृत नमुना वस्ती निर्माण गरिएको हो।
भूकम्प प्रतिरोधी तथा वातावरण मैत्री भनिएको वस्ती हस्तातरण भएपछि गिरानचौरवासी हर्षित भएका छन्।
गिरानचौरको नयाँ घरका एक धनी छेवाङ लामाले भने, “घर भत्किएपछि छाप्रोमा बस्न पुगेका थियौं। अहिले रातदिन काम गरेर चार महिनामा यो वस्ती बनेको छ। हामी अति खुशी छौं।”
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top