सहकारी व्यवस्थापन सम्बन्धी ६ दिने तालिम आज देखि जगत भञ्ज्याङ् स्याङ्जामा
September 22, 2016
0
आधारभुत सहकारी व्यवस्थापन सम्बन्धी ६ दिने तालिम आज देखि जगत भञ्ज्याङ् स्याङ्जामा शुरु भएको छ । तालिम डिभिजन सहकारी कार्यालय स्याङ्जाको आयोजना र जनकल्याण कृषि सहकारी संस्था लिमिटेड जगत भञ्ज्याङ् २ पित्लेकको व्यवस्थापनमा भएको हो । ६ दिन सम्म संञ्चालन हुने तालिमको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । जनकल्याण कृषि सहकारी संस्थाका अध्यक्ष निलकण्ठ लामिछाने अध्यक्षतामा भएको कार्यक्रम डिभिजन सहकारी कार्यलय स्याङ्जाका प्रमुख परशुराम भट्टराईको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथी भट्टराई, पित्लेक कालिका कृषि उपज संकलन केन्द्रका उपध्यक्ष भिमा रेग्मी, जनकल्याण कृषि सहकारी संस्थाका व्यवस्थापक हुमनाथ लामिछानेले बोल्दै तालिम सफलताको शुभकामना दिनु भएको थियो । जनकल्याण कृषि सहकारी संस्थाको भवनमा भैरहेको तालिममा जनकल्याण कृषि सहकारी संस्था लिमिटेड जगत भञ्ज्याङ, देउराली महिला कृषि सहकारी जगत भञ्ज्याङ, पित्लेक कालिका कृषि उपज सकलन केन्द्र जगत भञ्ज्याङ, र चन्डी डाडा कृषि सहकारीका २५ जनाको सहभागीता रहेको छ । तालिममा डिभिजन सहकारी कार्यलय स्याङ्जाका प्रमुख परशुराम भटराई, डिभिजन सहकारी स्याङ्जाका निरिक्षक बिष्णु प्रसाद ढकाल, डिभिजन सहकारी स्याङ्जाका सहयाक निरिक्षक इश्वरी प्रसाद गौतमले सहजिकरण गरि रहनु भएको छ । जनकल्याण कृषि सहकारी संस्थाका उपध्यक्ष खेम कान्त पौडेलको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको संञ्चालन सचिब नारायण प्रसाद लामिछानेले गर्नु भएको सहकर्मी तिलक गुरुङ्ले जानकारी दिनु भयो ।