|
फोटो दुर्गेश मल्ल |
दुर्गेश मल्ल / ईलाका प्रसासन कार्यालय रामपुर पाल्पामा आज रामपुर नगरपालिका भित्र रहेका विभिन्न
औषधी पसल तथा मेडिकल संचालकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ईलाका प्रसासन कार्यालय रामपुर पाल्पाका प्रमुख किरण चन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा औषधी पसल तथा मेडिकल दर्ता भए नभएको , योग्यता अनुसारको सेवा प्रवाह गरे नगरेको , स्वास्थ्य विभागको मापदण्ड अनुसारको सेवा प्रदान गरे नगरेको लगाएतका विषयमा छलफल भएको थियो । ईलाका प्रशासन कार्यालय रामपुर पाल्पाको कार्यालय भवन रामपुर वेझाँड पाल्पामा भएके कार्यक्रममा रामपुर अस्पताल रामपुर पाल्पाका डाक्टर शुलभ प्रधान , डाक्टर कथितराज घिमिरे , रामपुर उद्योगा वाणिज्य संघ का अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बोल्नु भएको थियो । साथै अन्तरक्रिया कार्यक्रममा ईलाका प्रशासन कार्यालय रामपुर पाल्पाले मेडिकल संचालकहरुले आफ्नो व्यवसाय प्रवद्र्धनका लागी गरिने प्रचार प्रसारमा प्रयोग गरिने शब्द छनौट गरेर मात्र विभिन्न छापा तथा विद्युतिय संचार माध्यममा प्रकाशन एवं प्रसारण गर्न निर्देशन दिएको छ । प्रशासनले मेडिकल व्यवसायहरुलाई मापदण्ड अनुसार ईजाजत पत्र लिएर मात्र व्यवसाय संचालन गर्न आग्रह गरेको छ ।