समुन्द्रमा डुबेर मृत्युभएका स्याङ्जा कृष्णगण्डकीका दुर्गा न्यौपानेको शव नेपाल पठायो।

0
4 अगस्त 2016

युएई – युएईको दुबईस्थित ममजार बिचमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका एक युवकको शव नेपाल पठाइएको छ ।
स्याङ्गजा जिल्ला कृष्णगण्डकी–१ रानीखर्कका दुर्गा न्यौपानेको लाश ४ अगस्त २०१६ का दिन नेपाल पठाइएको हो ।
मृतक विगत २ बर्ष देखी शारजाहमा रहेको प्यासिफिक ओसन इलेक्ट्रिकल स्विचगियर इन्डस्ट्रियल एलएलसी कम्पनीमा इलेक्टिसियनको रुपमा कार्यरत थिए ।

२१ जुलाई २०१६ विहिबार साँझ साथीहरुसंगै छुट्टी मनाउन ममजार विचमा गएका उनी पौडी खेल्ने क्रममा हराएपछि साथीहरुले प्रहरीलाई खबर गरेका थिए । उनी हराएको भोलिपल्ट शुक्रबारका दिन बिच रेस्क्यु प्रहरीले उनलाई मृत अवस्थामा फेला परेको थियो ।

युएईमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी दिपक वस्यालको विशेष सक्रियतामा उनको शव सम्पुर्ण प्रक्रिया पुरा गरी नेपाल पठाइएको हो । शव लिएर मृतकका दाजु पर्ने खेम न्यौपाने नेपाल गएका छन्
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top