युएईका नेपाली सँग ठूलो रकम उठायर भागेका भण्डारी पक्राउ ।

0
 साउन १९- युएईमा १० लाख दिरहम(झण्डै तीन करोड रकम) उठाएर सम्पर्कविहिन भएका लक्ष्मण भण्डारी पक्राउ परेका छन् । उनलाई मंगलवार साँझ बुटवलको ट्राफिक चौकबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।

भण्डारीले युएईमा थुप्रै नेपालीको लाखौं रकम उठाएर भागेको भन्ने उजुरीका आधारमा प्रहरीले उनको खोजि गरिरहेको थियो । भण्डारीले आफूहरुसँग लाखौं रकम लिएर भागेको भन्दै पीडितहरुले उजुरी हालेका थिए । गुल्मी सेवा समाज, युएईका अध्यक्ष र लुम्विनि वेलफेयर सोसाइटीका उपाध्यक्षका रुपमा सामाजिक अभियन्ताको परिचय बनाएका भण्डारीले रकम उठाएर सम्पर्क विहिन भएपछि उनको खोजि सुरु गरिएको थियो । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानका लागि बुधवार विहान काठमाडौं पठाइएको प्रहरी नायव उपरिक्षक खड्काले बताए ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top