के तपार्इ साउदी अरबमा भगाैडा बनी जेल हुंदै नेपाल जानुभएको हो?
-----------------------------------------------------------------------
यदी त्यसो हो भने तपार्इले तत्काल साउदीको कानून तोडेको मान्दै तपार्इलार्इ कालो सूचीमा राखिएको हुनसक्छ, अचेल त्यस्तालार्इ एअरपोर्टबाटै (पुनः साउदी प्रबेश नै गर्न नदिएर) नेपाल फर्काउने गरेको छ, हेक्का राख्नुहोस ।
के तपार्इ अहिले पनि भागेर काम गर्दै हुनुहुन्छ?
-------------------------------------------------
तपार्इ पनि गलत (अबैध) बाटोमा हुनुुहुन्छ, बैध बाटोमा फर्केर बैध निकास खोज्नुहोस ।
के तपार्इ ठगि, अन्याय, शोषण र बिचल्लीमा हुनुहुन्छ?
-------------------------------------------------------
रोजगार नछोडी, कुनै हडताल नगरी बैध हैसियतमै कानूनी उपचार खोज्नुहोस ।
नेपाल सरकारको बैदेशिक रोजगार एेनको दफा ३५ (१), (२), (३) र (४), दफा ३६ (१) र (२) साथै दफा ७५ (१) मा तपार्इको न्याय, अधिकार, सुविधा, उद्धार (स्वदेश फिर्ति) र क्षतिपूर्तिका लागि प्रयाप्त र सुस्पष्ट प्रावधानहरू छन । यसका लागि नेपाली कुटनैतिक निकाय (दूतावास र कन्सुलेट) मार्फत बैदेशिक रोजगार बिभागमा उजुरी दर्ता गराउनुहोस ।
साउदी अरबमा जेद्धा, यान्बु, ताबुक, अब्भा, जिजान लगायतका दक्षिण पश्चिमी क्षेत्रमा रहनुहुनेले जनरल कन्सुलेट कार्यालय जेद्धाका श्रम सहचारी भोजराज घिमिरेज्युलार्इ 0504509181 मा र साउदी अरबको अन्य सबै क्षेत्रमा रहनुहुनेले नेपाली दूतावास रियादका लेबर कन्सुलर अम्बिका प्रसाद अधिकारीज्युलार्इ 0599393459 मा सम्पर्क राख्नुहोला ।
यदि एनअारएनएको सहजिकरण सहयोग चाहनुहुन्छ भने यसैसाथ संलग्न फारम भरी पुछारमा उल्लेखित संस्थाको इमेल अाइडीमा सम्प्रेषण गर्नुहुन र / या पदाधिकारीहरूलार्इ सम्पर्क गर्नसक्नुहुनेछ ।