देश र जनताको पक्षेमा राम्रो काम गर्न सक्नौ भने जनताले बालुवाटारबाट थुतेर मिल्काउने छन्।

0
सम्झना पौडेल
साउन १० सोमबार
ओली जितेर गए या हारेर गए  त्यो उनलाइ नै थाहा होला । तर संसद भवनभित्रको   नकचरो हाँँसो भने बेजोडको थियो । त्यो हाँसो  हाँस्नेलाई के मज्जा, नहाँस्नेलाइ के मज्जा अनि जनतालाइ के मज्जा ?  राजनीतिको आधार आदर्श र निष्ठाको लागि हुनुपर्ने हो,देस  र जनताको कल्याणको लागि हुनुपर्ने हो,  जनताको सेवा र सुविधाको लागि हुनुपर्ने हो ।तर नेपाली राजनीतिमा सत्ताको खेल मात्र बढी देखिन्छ । जनताको न्यूनतम आधारभुत आवश्यकताको पनि कसैलाई चासो छैन खाली सत्ताको खेलमा नै रमाउछन नेपालका नेतागणहरु ।

 हिजो प्रधानमन्त्री केपी ओलीले मात्र होईन अधिकांस एमाले नेताहरुले ससदमा बोल्दा एक माघले जाडो जादैन भनेका थिए । त्यसको अर्थ के बुझ्ने ?  के एमाले बिना नेपालको राजनीति अघि बढ्न सक्दैन त ? ओली यस्ता प्रधानमन्त्रीमा गनिए सम्भवत नेपाली प्रधानमन्त्रीहरुमा यत्तिको चर्चा र लोकप्रियता कुनै गणतान्त्रिक प्रधानमन्त्रीले पाएका थिएनन् ।  जसरी ओलीको पक्षमा सामाजिक संजालमा ट्रेन्ड चल्यो र सडकमा सपोर्टर पोखिए  । के त्यो सब ओलीले नेपाली जनताका पक्षमा गरेका कामले मात्रै हो त ?  यो पनि विचारणीय पक्ष रहेको छ ।

नेपालको राजनीतिमा   दोहोरो,अस्पष्ट असक्षम र अवसरवादी भूमिका खेल्नेहरुको बाहुल्यता बढी रहेको छ ।  राजनीति मात्र सत्ताको खेलमा सिमीत बनिरहेको छ । ,प्रधानमन्त्रीको  राजिनामा सँगै मन्त्रीहरुले झोली तुम्बा बोकेर हिंड्नु पर्ने डरले मन्त्रीहरु थरथर काम्छन् ।  संसद भंग भयो भने खाइपाइ आएको सुविधा कटौती हुने डरले सांसदहरु काम्छन् । नेताहरु जनताको काम भन्दा पनि आफ्नो हेर्दा रहेछन । घरको ढलान हाल्न बाँकी हुनेले फेरि मन्त्री बन्न पाईन्छ कि भनेर प्रधानमन्त्रीको राजिनामा आउनु अघि नै साथ छोडेर अर्को पार्टी सँगै टांसिदा रहेछन । माओवादीकै कुरा गर्ने हो भने पहिलो पटक माओवादी ठुलो पार्टी भएर पनि सरकार चलाउन नसकेर बाहिरिएकै हो ।

 सत्ताको खेलमा एमाले पनि केही कम देखिएन तेस्रो दलहुँदा पनि उसले सत्ता छाडेको छैन ।  पालै पालो एमालेकै प्रधानमन्त्री भएकै हुन्  ।  अहिले तेस्तै कांग्रेस ठुलो पार्टी भएर पनि राजनीतिक भागवण्डामा न उसले राष्ट्रपति पाएको छ  न सभामुख । यतिखेर त कांग्रेसलार्इृृ पटक पटक प्रचन्डलाई प्रधानमन्त्री वन्देउ न भन्नु पर्ने वाध्यता  परेको छ । अब यो कुर्सीको फोहोरी राजनीतिक खेलको अन्त्य गर्ने बेला भएको छ । जसका लागि युवा जाग्नु खाँचो छ ।

अब पनि देश बनाउन हामी युवा जाग्ने होइन भने सहि गलत के हो आफू अनि आफन्त लाई बुझाउन सकेनौ भने हामीमा देश कहिल्यै उत्रन नसक्ने गरि भंगालोमा फस्नेछ ।  केपी ओलीको राजीनामा सँगै अरु पार्टीकाहरुले मोटाउने र दुब्लाउने कुरा गरेको पनि सुनिन लागेको छ ।सम्भवत कांग्रेस र माओवादीको गठवन्धनमा सरकार बन्ला तर, आम जनतालाई भने अब कस्को नेतृत्व मा सरकार बन्छ भन्ने  बिषय चासोको रुपमा रहेन । अब बन्ने सरकार पनि आफ्ना  कार्यकर्ता र आफन्त भर्ती गर्ने थलो नबनोस । देश र जनताको पक्षमा काम होस् । यदि देश र जनताको पक्षमा काम गर्न सकेनौ भने होसियार  जनताले तिमीहरुलाई बालुवाटारबाट थुतेर मिल्काउने छन् ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top