तिनाउ नदि किरानाका घना बस्तीहरुमा बाढि पसेको छ । मंगलबार बिहान हुनुअघिदेखि नै अनियन्त्रित बाढिले ती बस्तीहरुमा क्षति पुर्याईरहेको छ । अहिलेसम्म नदि किनारको पगतिटोल र मझुवाका कम्तिमा १५ घरहरु बाढिले बगाईसकेको छ । घरहरु बगाउन थालेपछि स्थानीयहरु भागाभाग भएकाछन् । कम्तिमा दुइ सय घरहरु डुबानमा परेका छन । ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी महेन्द्र खड्काले क्षतिको पूर्ण बिवरण नआईसकेको बताए । उनका अनुसार बुटवलको पुलचोकदेखि तिनाउ पुलसम्मका बस्तीका दर्जनौं घरहरुमा बाढि पसिसकेको छ । ती बस्तीसंगै पुरानो बुटवल क्षेत्रका नदि किनारका बस्तीहरु पनि उच्च जोखिममा छन् । अहिले प्रहरी र स्थानीयहरु जोखिममा परेकाहरुलाई अन्यत्र सार्न खटिईरहेकाछन् ।
तिनाउ किरनारमा करिब ६ हजार घरहरु जोखिममा छन ।