स्याङ्जा पुतलीबजार नगरपालिकाको लापरबाही फोहर जति खोलामा ।

0


स्याङ्जा, ३१ असार

स्याङ्जा सदरमुकाममा रहेको पुतलीबजार नगरपालिकामा व्यवस्थीत ल्यान्डफिल साइड नहुदा पुतलीबजारको फोहोर आँधिखोलामा फालिदै आएको छ । फोहोर मैला र ढल आधिखोलामा फ्याक्दा आधिखोला दुषित सँगै दुर्गन्ध फैलिएको छ । 

पुतलीबजार नगरपालिकाको फोहोर मैला एक वर्ष अगाडीबाट आयर्स सप्लायर्स प्रा.लि.ले उठाउदै आएको छ । आयर्स सप्लायर्सले दैनिक दुई ट्याक्टर फोहोर मैला आधिखोलामा अव्यवस्थीत रुपमा फ्याक्दै आएको हो । 

‘पुतलीबजार नगरपालिका कार्यालयले देखाएको ठाँउ आँधीखोलामा फोहोर मैला फ्याकीएको हो ।’ आयर्स सप्लायर्स प्रा.लि.का संचालक अरुण गिरीले भने, ‘पुतलीबजार नगरपालीकाले पहिले देखिनै आँधिखोलामा फाल्दै आएको थियो, हामीले नगरपालीकाले देखाएको ठाँउ आँधीखोलामा फालेका हांै ।’ 

नगरपालिकामा थुप्रीने फोहोर मैला कुहिने र नकुहिने भागमा छुट्याई कुहिने फोहोर मैलालाई कम्पोष्ट मल र नकुहिने फोहोर मैलालाई विभिन्न कम्पनी मार्फत पुनः प्रयोगमा ल्याउन सकिन्छ । फोहोर मैलाबाट प्राप्त हुने मोहोर अहिले आँधिखोलामा बगिरहेको छ । 

‘पुतलीबजार नगरपालिका सँग व्यवस्थीत ल्यान्डफिल साइड छैन, ल्यान्डफिल साइड नहुँदा आँधिखोलामा फोहोर फाल्न बाध्य छौं ।’ पुतलीबजार नगरपालिकाका कार्यकारी अधिकृत दिपक रेग्मीले भने, ‘नगरपालिकाले ल्यान्डफिल साइड बनाउन पहल गरे पनि स्थानीय समुदायहरुको प्राप्त सहयोग छैन ।’ फोहोर मैला व्यवस्थीत गर्न सामुदायहरुले पनि सहयोग गर्नुपर्ने कार्यकारी रेग्मीले बताए । 

आयर्स सप्लायर्सले आँधीखोलामा फ्याक्ने फोहोर मैला पुतलीबजारको स्याङ्जा बजार, अभियानपथ, ट्राफिकचोक, हुलाकरोड, प्रगतिनगर, राङ्खोला र नागडाँडा लगायत ठाउँहरुबाट उठाउदै आएको छ । 

पुतलीबजार नगरपालिकाका ने.क.पा. माओवादी केन्द्रका नारायण प्रसाद लम्सालले भने, ‘पुतलीबजारबाट निस्कने फोहोर मैला व्यवस्थीत फोहोरलाई मोहोरमा परिणत गर्नुपर्छ ।’ खेरा गएको फोहोर मैलालाई मोहोरमा परिणत गर्याैं भने पुतलीबजार नगरपालिका नमुना नगरपालिका हुने लम्सालले बताए । 

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top