साउदी अरबमा अहिलेसम्मकै इतिहासको उच्च पुरस्कार रहको भलिबल प्रतियोगिता सम्पन्न ।

0
सुरज खडका 
मुसलमानहरुको महान पर्व रमादान इद को पावन अवसरमा  दम्माम स्पोर्टस क्लब साउदी अरेबिया दम्मामले आयोजना गरेको अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगितामा नेपाली कार्यबाहक राजदुत महामहिम आन्नद प्रसाद शर्मा ज्यु र श्रमसहचारी अम्बिका प्रसाद अधिकारी र दुतावासका स्थानीय कर्मचारी मन बहादुर थापाको  प्रमुख अतिथिमा कार्यक्रमको समुदघाटन भयको थियो !



कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि नेपाली बैंकका प्रतिनिधि व्यावसायिक नेपाली होटल नेपाली कार्गो व्यावसायिक र हजारौं दर्शकको उपस्थिति थियो ।
दम्माम रिपोर्ट कल्बले आयोजना गरेको उक्त खेलमा १९ टिमले सहभागी जनायका थिए। 
साउदी अरबमा अहिलेसम्मकै इतिहासमा उच्च पुरस्कारराशि रहेको भलिबल प्रतियोगितामा 
प्रथम पुरस्कार साउदी रियल पाँच हजार एक थियो (ने.रू ) १४०,०२८०/- एक लाख चालीस हजार दुईसयअसी रुपैयाँ सहित सिल मेटल र प्रमाणपत्र रहेको थियो 
दित्तिय पुरस्कार साउदी रियल = ३००१/- तिनहजार एक रुपैया ( ने.रु = ८४,०२८ /- चौरासी हजार अठ्ठाइस रुपैया नगद र सिल मेडल प्रमाणपत्र रहेको थियो । 
तृतीय  पुरस्कार साउदी रियल = १५०० /- एक हजार पाँचसय ने. रु= ४२,०००/-  बयालीस हजार सिल मेडल र प्रमाणपत्र रहेको थियो ।
यसैगरी खेलमा भागलिनेहरु मध्यमा तृतीय स्थानमा तनहुँ स्पोर्ट्स क्लब रियद 
दित्तिय स्थानमा  कानुज कम्पनी सबै खेलाडीलाई पछाडी पार्दै  
स्याङ्गजा आँधिखोला प्रवासी क्लब साउदीअरब प्रथम स्थान हासिल गर्न सफल भएको छ।
यसै गरि खेलाडी हरु मध्य 
# दिन बहादुर राना मगरले  "best player   
# सुन बहादुर गुरुङ "best spiker "
#  बिशाल सिंह ठकुरि "best blocker 
# र वसन्त थापा मगर "best defense "
 मा मनोनीत भइ सम्मानित हुनुभएको थियो,  र प्रतेक खेलमा म्यान अफ डी म्याल को घोसण गरिएको थियो, भने खेललाई राट्रिय रेफ्री थमन गुरुङ्ग र क्षेत्रिय रेफ्री गोविन्द गुरुङ्ग ले सन्चालन गनुभएको थियो । 
तिृतिय पुरस्कार दमाम स्पोर्टस क्लब ले कुनै पनि खेल नखेलि निकै टाढा बाट खेल खेल्न आएको तनहुँ स्पोर्टस क्लब रियदलाई प्रदान गरेको थियो, जुन खेल को प्रतिस्पर्धा दमाम स्पोर्टस क्लब संग खेलेर मात्र जित हासिल गर्नु पर्ने थिथो, तृतीय पुरस्कार को लागि उतिनै उदार देखिएको दमाम स्पोर्टस क्लब को चैतर्फी रुपमा प्रसंसा गरिएको थियो ।
साथै कार्यक्रमको संचालन क्लबका सचिव रुद्र कार्कीले गर्नु भयको थियो। 
कार्यक्रम अवधिभर साउदी नेपाली अनलाईन टि. भि र स्याङ्जा आधिखोला डटकमले प्रत्यक्ष प्रसारण गरेको थियो ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top