मरुभूमिको जेलबाट मेरो आमालाई पत्र ।

0

सुरज खडका 


परिश्रम जिउँदो मान्छेको चिनारी मान्छेको शक्ति वा सामर्थ्यको सम्बन्ध काम सँग हुदोरहेछ आज मज्जाले भोगेको छु 
मेरो  आमाले भन्नू हुन्थ्यो असल काम गर्नु सबैको भलो चिताउनु हो सत्यबाट सन्तोष पाईन्छ खराब बिचार र घृणाबाट दुःख हुन्छ राम्रो काम गरे मात्र जिबन मा सन्तोष मिल्छ भनेर खै यी शब्दहरु भनाईसुनाईमा मात्रै राम्रो हुन वास्तविक त अरु रहेछ ।
आत्मिय मित्र
यो समय त्रासदीको अध्यारो बन्द कोठाबाट संसारका नगन्य भाग्यमानीहरु मात्रै आजाद हुन पाउछन।
मित्र हजुर लाई आज यो बन्द कोठाबाट आज रिहा हुने अवसर जुर्यो यो हजुरको  पुनर्जन्म सम्झिनु हरेक साल दुइपटक जन्मदिन मनाउनु ,है मेरो अत्मिय मित्र !

अनुभव गर्नुकी मैले पनी समय त्रासदीको अध्यारो बन्दकोठा बाट जन्मदिनको शुभकामना दिनेछुु ।
पक्कै पनी हजुर,घर परीवारलाई सम्झेर  अध्यारो बन्द कोठामा तुहीएका आशा सपनाहरुलाई मनगणन्ते सोचमा मनमनै गुनगुनाउदै मेरै गाउको ठाडो बाटो बाटो उकालो चढ्दै हुनुहुन्छ
होला है ।
मेरो त फर्कने झिनो आशा पनी छैन,मित्र कहिले पुग्ला र खै दुई बर्ष अनि यो अध्यारो बन्द कोठाबाट मुक्ति मिल्ला कहिल्य काँही त लाग्छ सपनाहरु यहि बन्द कोठामा तुहिनेत हैनन् मरुभूमिको तातो घाम प्लास्टिकको बोतलमा बोराले बेरेर छिटै तातो नहोस् भनेर भरेको नुनिलो पानी बाँसी तरकारी र खबुस गाउको स्वच्छ पानी हरियो सागपात माली गाईको दूधबाट पारेको मोहि सँग भदौरे मकैको आँटो र फर्सीको मुन्टा को  तरकारी सँग १ जिरे खुर्सानी मुख मज्जाले तात्तिने गरि टोकेको भुटेको मकै कोदोको रोटी गुन्द्रुक को अचार झरनाको पानी सम्झिदैआँखाबाट अनयासै निस्केका नुनिला आँसुका ढिका सँगै खानु परेको छ।
तै पनी मेरी आमालाई यो सानो कागजको टुक्रामा ठुला भ्यागुते अक्षरमा चिठी लेखेको छु  यो चिठी मेरी आमालाई दिनु है कसैगरी
यदि गाउमा कसैलाई भेटनुभयन भने,कसैलाइ सोध्धा वेवास्था गरे भने!
मेलापात हिडेकी तालुमा नाम्लोको पाता,
पिठ्युमा घासको भारी,
खाली खुट्टामा चिरा चिरा परेर फुटेका पैतला भयकी बुढीमान्छेलाई
देख्नुभयो भने मेरो नबुझिदो भ्यागुते अक्षरमा लेखीयको पत्र उहाँलाई दिनु!
केही फरक पर्दैन तेही नै मेरी आमा हुनुहुन्छ तेहि नै मेरो भगवान् हनुहुन्छ
यदी तेसो पनी हुन सकेन भने मेरो गाउँमा
१०/१२ घरधुरी छन
खरको छानो छ र चुहीने पाली भयको घर त्यस गाउँमा  मेरोमात्र छ कसैलाई नसोधी बिनासंकोच गयहुन्छ तेही मेरो घर हो।
गयर मेरो आमालाई भेटनु
मेरो बारेमा केही सोधनु भयो भने मेरो आमाले,।

घर को खरको छानो र चुहीने पाली सम्झेर काम गर्दैछ, टीनको छानो र साहुको ऋण तिर्न सक्ने पैसा लिएर आउछुु भन्या छ भन्दीनु, झुठो बोल्न नहीचकिच्याउनु है मित्र
यदि वास्तविकता थाहा भयो भने  मेरो झिनो आसा छ अझैसम्म आमालाई
भेटने तेहि पनि चकनाचुर हुन्छ !

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top