कांग्रेस सभापति देउवाको दिल्ली भ्रमणको कार्य तालिका यस्तो

0


मोदी र देउवा बिच भेटवार्ता नहुने

आँधीखोला अनलाइन | प्रकाशित मिति : २०७२ चैत २८ आइतबार


काठमाडौं । नेपाली कांग्रेसका शभापति शेरबहादुर देउवा भारत जाँदैछन् ।

देउवा श्रीमती आरजु राणा देउवाको स्वास्थ्य उपचारको लागि उनी  भारतको दिल्ली जाने भएका हुन् ।

खुट्टा सम्बन्धि समस्या झेलिरहेकी आरजु देउवा बैशाख ३ गते दिल्ली प्रस्थान गर्ने भएकीछन् भने ५ गते आरजुकी भाई भुषण राणा पनि दिल्ली जाने तयारीमा छन् ।

त्यसै गरि शभापति शेरबहादुर देउवा बैशाख ७ गते भारतको दिल्ली उड्नेछन् । ८ गते आरजुको खुट्टाको अप्रेसन नोयोडा स्थित एक हस्पिटलमा हुने भएको छ ।

आरजुको खुट्टाको अप्रेसनका लागि देउवा आफै हस्पिटलमा खट्ने छन् । बैशाख ९ गते देउवाले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई भेट्नेछन् । त्यसै गरि उनले अन्य पार्टीका उच्चस्तरिय नेताहरु भेट्ने छन् ।  भेटवार्तामा समसामयीक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।

यस पटकको भारत भ्रमणमा देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीसगँ भेटवार्ता हुने छैन् । अहिले सम्म मोदी र देउवा बिच भेटवार्ता हुने कार्यतालिका नबनेको दिल्ली स्थित समाचार स्रोतले न्यूज अभियान डट कमलाई बताएको छ ।  देउवा १० गते स्वदेश फर्कनेछन् । 

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top