प्रकाशित मिति : सोम, चैत्र २९, २०७२
आँधीखोला अनलाईन/स्याङजा, चैत २९ ।
स्याङजा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिको आयोजनामा स्याङ्जा जिल्लाको दुर्गम गाबिस क्याक्मिमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
संस्थाको कल्याणकारी उद्देश्य अनुरुप सञ्चालन गरिएको आँखा तथा दन्त शिबिरमा सो क्षेत्रका झण्डै ३ सय जनाको स्वास्थ्य परिक्षण गरिएको समाजका सचिव भोला पौडेलले जानकारी दिनुभयो ।
क्याक्मिको पिताम्बर उच्च माबीको प्रांगणमा भएको शिबिरमा हिमालय आँखा अस्पताल, पोखरा र कान्तिपुर डेन्टल इन्स्टिच्युट, पोखराका चिकत्सक सहितको प्राबिधीक टोलीले स्वास्थ्य परिक्षण गरेका थिए । शिबिरमा आँखा तथा दाँतको निशुल्क परिक्षण गरि निशुल्क औषधि र चस्मा प्रदान गरिएको थियो ।
आंखा परिक्षण गरिएका मध्ये ११ जनामा मोतियाबिन्दु फेला परेको छ । उनीहरुलाई हिमालय आँखा अस्पताल पोखराले निशुल्क शल्यक्रिया गर्ने बताइएको छ । शल्यक्रियाका लागि पोखरा आउनजान यातायाता खर्च भने समाजले ब्यबस्था गर्ने बताईएको छ ।
समाजका अध्यक्ष चन्द्र बहादुर रोकाहाको अध्यक्षता तथा हिमालय आँखा अस्पतालका अध्यक्ष डा। दिल बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सगरमाथा निकेतनका प्रिन्सिपल दिलिप शर्मा, हिमालय आँखा अस्पतालका भोज गौतम, कान्तिपुर डेन्टलका प्रशासकीय प्रमुख सिता श्रेष्ठ, संस्थाका महासचिब खेम काफ्ले, उपाध्यक्ष सन्तोष श्रेष्ठ, हारियाली सामुदायिक अध्ययन केन्द्र, क्याक्मीका अध्यक्ष प्रेम हमाल लगायतले बोल्दै ग्रमिण भेगमा गरिने यस्ता खालका शिबिरले बृद्धबृद्धा, बालबालिका र बिपन्न बर्गलाई प्रत्यक्ष राहत पूग्ने धारणा राखेका थिए ।
उक्त शिबिरको स्थानिय ब्यबस्थापन हारियाली सामुदायिक अध्ययन केन्द्र, क्याक्मीले गरेको थियो । समाजले यसअघि चापाकोट नगरपालिका स्थित कृष्ण प्राथमिक बिद्यालयमा अध्ययनरत बालबालिकाका लागि न्यानो कपडा वितरण समेत गरेको थियो ।
- See more at: http://www.aadikhola online.com/2016/04
