दाङ, असोज २८ – दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । विद्युतको पोलमा काम गर्दा रामपुर – ६ बुकाका ४४ वर्षका केशव पोख्रेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते पोख्रेलको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारका क्रममा ज्यान गएको हो ।