के लागु पदार्थले यौन उत्तेजना बढाउँछ त ?

0
धेरैलाई भ्रम छ कि लागुपदार्थले यौन उत्तेजना बढाउँछ भनेर । लागूपदार्थ त्यस्ता पदार्थलाई बुझिन्छ जसको प्रयोगले मानिसको सोचाइ तथा व्यवहारलाई परिवर्तन गर्दछ । जस्तै चुरोट, खैनी, चरेस, गाँजा, अफिम, हेरोइन, ब्राउनसुगर, कोकिन आदि लागुपदार्थ हुन् । यसको सेवन कदापि लाभकारी हुँदैन बरु यसले जहिले पनि सेवन गर्ने व्यक्ति, परिवार र समाजलाई हानी नै पु¥याइरहेको हुन्छ । लागुपदार्थ धुवाँ मार्फत, सुई मार्फत, झोल वा ट्याब्लेट मार्फत लिने गरेको हुन्छन् । अर्को अर्थमा भन्ने हो भने, नशा लाग्ने सबै पदार्थहरु लागु पदार्थ नै हुन । नशा लाग्ने यस्ता पदार्थ र औषधिको सेवनमा दुरुपयोग भयो भने त्यसलाई लागुपदार्थ दुव्र्यशन भनिन्छ । यसरी कुनै विरामी नै नभई अनावश्यक तरिकाले बढी मात्रामा त्यस्ता प्रकारका औषधिको सेवनले मानिसलाई अर्धचेतन अवस्थामा राखिरहने र स्नायू प्रणालीलाई समेत हानी नोक्सानी पु¥याउने भएकाले अन्त्यमा मानसिक असन्तुलन हुन पुग्छ ।

मानिसलाई अर्धचेत वा बेहोस राख्ने लागुपदार्थको सेवनले उत्तेजना बढाउँन सक्दैन ? लागुपदार्थले मानिसमा भएको आँट, जाँगर र शक्तिलाई समेत शिथिल राखी कुनै काम गर्नबाट टाढै राख्दछ । त्यसैले, लागूपदार्थको सेवनले यौन उत्तेजना बढाउँदैन र त्यसैले यो भ्रम मात्र हो । बरु, यसरी नियमित रूपमा लामो समयसम्म लागुपदार्थ सेवन गर्ने मानिसको पछि गएर लिङ्ग उत्तेजित नहुने पनि हुनसक्छ । सामान्य अवस्थामा (लागुपदार्थ सेवन नगरेको) मानिस पुरै होश मै हुने गर्दछ र यस्तो बेलामा उसले आफ्नो मनमा उब्जिएका सकारात्मक तथा नकारात्मक धारणाहरूलाई राम्ररी केलाएर राम्रो काममा मात्रै ध्यान दिने गर्दछ । तर, लागूपदार्थको सेवनले व्यक्तिको स्नायू प्रणालीमा असर गर्ने हुँदा मानसिक सन्तुलन गुमाउनुका साथै व्यवहारमा नियन्त्रण समेत गुमाउँछ र जुनसुकै असामाजिक काम गर्न अग्रसर पार्दछ । त्यसैले उसलाई उत्तेजना वा यौन उत्तेजना बढाएको जस्तो लागेको हो तर यो सत्य होइन । यिनै कारणले गर्दा व्यक्ति लाज पचाई, सामाजिक मुल्य र मान्यताका कुरालाई वेवास्ता गरी यस्ता यौनजन्य हिंसा वा क्रियाकलाप गर्न उत्साहित हुन पुग्दछ । लागुपदार्थले त समाजमा झैझगडा, लडाई, कलह, चोरी जस्ता घट्नाहरू बढाउँछ तर यौन उत्तेजना बढाउँदैन ।

के लागूपदार्थको सेवन गर्ने मानिसले बच्चा जन्माउँन सक्दैन ? 
लागु पदार्थ प्रयोग गर्नु भनेको अस्वस्थ हुनु हो । अस्वस्थ मानिसबाट स्वस्थ कामको आशा कसरी राख्न सकिन्छ र ? लागुपदार्थको सेवन गर्ने व्यक्ति शारिरीक तथा मानसिक दुबै किसिमले रोगी भएको हुन्छ । उ प्राय तनावमा हुन्छ । लागु पदार्थको पूर्ण लतमा परिसकेपछि मानिस प्रजनन कार्यका लागि सामान्य अवस्थामा जस्तो सक्रिय रुपमा सहभागी हुन नै सक्दैन । त्यसैले लामो समयसम्म नियमित लागुपदार्थ सेवन गर्ने केटी वा केटामा बाँझो हुने वा नपुंसक समेत हुने सम्भावना धेरै हुन्छ । लागुपदार्थले मानिसलाई शारीरिक र मानसिक तवरबाट कमजोर बनाइदिन्छ जुन कमजोरीले गर्दा मानिसले बच्चा नपाउन पनि सक्छ । यति मात्र नभई लागुपदार्थ सेवन गर्ने मानिस प्रायः चिन्तित रहने केवल लागुपदार्थको सेवन तिर मात्र ध्यान केन्द्रित गर्ने हुँदा खासगरी पुरुषहरूको वीर्यमा शुव्रmकीटको मात्रामा कमी हुने शुक्रकीट भएता पनि अवस्थ शुक्रकीट हुने तथा महिलाको डिम्वको उत्पादनमा कमी हुने वा पाठेघरले राम्ररी काम गर्न नसकी बच्चा जन्माउन नसक्ने हुन सक्छ । तर लागुपदार्थको सेवन बन्द गरी समयमै उचित उपचार गरेमा बच्चा जन्माउँन नसक्ने समस्याको समाधान हुनसक्दछ ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top