मज्जा त आउँछ हस्तमैथुन गर्दा, हानिचाहिं गर्ला कि नगर्ला त ?

0
मानिसको यौन चाहना स्वभाविक रुपमा प्रकट हुन्छ । त्यसबाट सन्तुष्टि प्राप्त गर्न गर्नका लागि यौन जोडीको चाहना गरेका हुन्छन्, त्यो स्वभाविक हो तर सबैलाई र चाहेको बेलामा प्राप्त नहुन सक्छ । सबै प्राणीमा त्यो लागु हुन्छ । मानिसले भने त्यसको बैकल्पिक उपायहरु परापूर्व काल देखि नै अपनाउँदै आएका छन । त्यस मध्ये सबै भन्दा बढी मानिसले अपनाउँने बैकल्पिक यौन व्यवहार हस्त मैथुन नै हो । धेरैले यसमा मज्जाले यौनानन्द प्राप्त गरेका हुन्छन् ।

मानिसहरु आजभोली हस्तमैथुन गर्ने विविध तरिकाहरु अपनाउँन थालेका छन् । जुन विधि अपनाएपनि हातले यौनाङ्ग चलाएर गरिने यौन क्रियाकलापहरु सबै हस्त मैथुन हुन अथवा, केहि साधन प्रयोग गरेर, यौनाङ्ग चलाएर, हल्लाएर वा खेलाएर यौन सन्तुष्टि प्राप्त गर्ने सबै बिधिहरु हस्तमैथुन हो । हस्तमैथुन यौन आनन्द प्राप्त गर्ने एउटा अति नै सुरक्षित यौनक्रियाकलाप पनि हो । पुरुषले आफ्नो लिङ्गलाई हातमा विस्तारै सम्भोग गरेजस्तै गरेर वा खेलाएर बीर्य स्खलन गर्छन् भने महिलाले पनि योनीको योनीको मुख भन्दा माथिको तेप्पो भाग भगाङ्कुरलाई खेलाएर आनन्द लिन्छन् । कसैकसैले विभिन्न किसिमका साधन वा (Sex Toys) हरु प्रयोग गरी हस्तमैथुन गर्ने पनि गर्दछन् । यो महिला वा पुरुष दुबै थरिका लागि बजारमा पाइन्छ ।

परापूर्व कालदेखि गरिदै आएको भएपनि समाजमा परम्परा देखि नै हस्तमैथुनका सम्बन्धमा बिभिन्न भ्रमहरू स्थापित छ । जस्तैः हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखको दृष्टि कमजोर हुने, नपुङ्सक हुने, विवाह पश्चात आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने, लिङ्ग बाङ्गो हुने, शीघ्र स्खलन हुने, शक्ति क्षय हुने, चाडो बुढो देखिने, नमोटाउँने आदि । यी सबै कुराहरू भ्रमपूर्ण छन् । स्वास्थ्य विज्ञानले यसमा कुनै सत्यता छैन भनेको छ । यसका अनुसन्धानहरले संसारमा अहिलेसम्म हस्तमैथुनले स्वास्थ्यमा हानी पु¥याएको कुरा बताएको छैन । बरु हस्तमैथुनले यौन तिब्र इच्छाको छटपटीबाट हुने मानसिक तनावबाट मुक्ति दिलाई दिन्छ । महिला माथि हुने यौन शोषण वा अपराधमा मेहि हदसम्म भएपनि घटाएको छ । यसका बारेमा राम्रो जानाकारी समाजमा सबैले पाउँने हो भने अझै धेरै मानिसले बिना संकोच हस्त मैथुन गर्ने थिए र यौन आशक्तिका कारण तयसबाट हुने यौन अपराधलाई धेरै कम गर्न समेत सहयोग पुग्दछ ।

त्यसैगरी हस्तमैथुनले अनावश्यक अनिच्छित गर्भधारण, यौन–व्यवसायीहरुसँगको यौन संसर्ग र यिनमा हुने खर्च तथा एचआइभी र एड्स वा अन्य यौन संक्रमणहरू लाग्नबाट बच्न पनि मद्दत पु¥याउँछ । पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना पनि हस्तमैथुन गर्ने मानिसमा कम हुन्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएको छ । हस्त मैथुन गर्दा केहि कुरामा भने ध्यान दिनु आवश्यक छ । जस्तै हस्त मेथुन थर्दा हात सफा हुनु पर्दछ, धेरै घर्षण नहुने गरी लिङ्गलाई हल्कासँग समाउँनु पर्दछ अन्यथा घोटिएर घाउँ भइ संक्रमण हुनसकदछ, महिलाले हस्तमैथुन गर्ने हातको नङ राम्ररी काटेको हुनुपर्दछ, र, हस्त मेथुन हतारमा हैन फुर्सदमा र अरुले देख्न नपाउँने गरी गर्दा धेरै आनन्द आउँछ । तर, सबै काम मुरो छोडेर सँधै हस्तमैथुनमा नै ध्यान दिने वा आफ्नो पढाइ नै विर्सिएर सँधै हस्तमैथुनमा नै तल्लिन रहनाले परीक्षामा वा दैनिक कार्यमा असफल भई व्यक्तिगत वा पारिवारिक कलह उत्पन्न हुनसक्छ । हस्त मैथुन गर्नुहुन्छ भने नपछुताउँनुहोस, पछुताउँनुहुन्छ भने बरु नगर्नुहोस ।

हस्तमैथुन कति पटकसम्म गर्ने ? त्यो तपाईको विचार हो यसको नियम र सिमा छैन । परुषहरुले योनीमा गर्ने यौन सम्मर्क आफ्नै हातमा गरेका हुन्छन् र महिलाले पनि पुरुषको लिङ्गमा गर्ने यौनसम्पर्क आफ्नै हातले गरेका हुन्छन । कुरा यति मात्रै फरक हो बास्तवमा दुबैले गरेको बैकल्पिक यौन सम्पर्क नै हो । त्यसैले यति पटक मात्र भन्ने छैन । वाक्क नलागेसम्म पनि गर्न सकिन्छ ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top