झापामा भरुवा बन्दुकसहित तीन पक्राउ

Unknown
0
७ असोज, झापा ।
झापाको शनिअर्जुन नगरपालिका–३ दहिझोडाबाट एक थान भरुवा बन्दुक, ७० ग्राम बारुद छर्रा र एक थान मोटरसाइकलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिकार खेल्न गइरहेको अवस्थामा बुधबार साँझ उनीहरूलार्इ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा खुदुनाबारी गाविस–८ बस्ने २० वर्षीय सनम खतिवडा र २४ वर्षीय प्रदीप भण्डारी तथा शनिअर्जुन नगरपालिका–३ बस्ने २३ वर्षीय गौरव बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top