गुल्मीमा जीप दुर्घटना बालिकाको मृत्यु,अर्घाखाँचीमा बिद्युतका प्राविधिकको ज्यान गयो

Unknown
0
७ असोज, बुटवल।

गुल्मी र अर्घाखाँचीमा भएका फरक फरक दुर्घटनामा २ जनाको ज्यान गएको छ । बुधबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बीरबासमा लु १ ज १९७० नम्बरको जीप दुर्घटना हुँदा १० वर्षकी बालिका अष्मिता पल्लीको मृत्यु भएको श्रृङ्गा प्रहरीले जनाएको छ ।
उता अर्घाखाँचीको हंसपुरमा नेपाल विद्युत प्राधिकरणको बा १ ञ १३५१ नम्बरकोे गाडी दुर्घटना हुँदा प्राधिकरणकै प्राविधिक जीवकान्त पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका पाण्डेलाई उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

गुल्मीको पश्चिमी क्षेत्रका केही गाविसमा विद्युत बालेर र्फकने क्रममा गाडी दुर्घटनामा परेको थियो ।पाण्डेको उपचारका लागि बुटवल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको हो ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top