वीरगन्ज भदौ, १६ ।
आज वीरगन्जमा शान्त बनेको छ । जिल्ला प्रशासन कार्यालयको कर्फ्यू भने जारी रहेको छ । आज तेश्रो दिनमा कुनै अप्रिय घटना भएको छैन ।

विरंगजमा तराकारी पुर्याएर फर्किरहेको ना ४ ख ४९८४ मिनी ट्रक ट्रक अनियन्त्रीत भई बाइपास सडकको बबरी क्षेत्रमा हिलोमा अड्किएको अवस्थामा ट्रकलाई निकाल्ने जोहो गर्न ड्राइभर गएको मौका छोपी अज्ञात समुहले बिहान साढे ७ बजे आगो लगाइदिएका छन् ।उक्त घटना बाहेक बीरगन्जमा आज कुनै प्रदर्शन भएको छैन ।सेनाको स्कर्टिङमा २ सय मालवाहक ट्रक राजधानी पठाइएको प्रशासनले बताएको छ ।