रूपन्देहीमा आर्थिक वर्ष २०७१र७२ मा सानो लगानीमा आधारित एक हजार ३६ वटा उद्योग दर्ता भएका छन् ।अघिल्लो आव २०७०र७१ मा जिल्लामा एक हजार ६३ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख डण्डपाणि भुसालले जिल्लामा लगानीको वातावरण बन्दै गएपछि उद्योग दर्ता गर्ने व्यवसायी थपिँदै गएको बताए । आर्थिक वर्ष २०७१र७२ मा कृषि तथा वनजन्य एक सय नौ, खाद्यान्नमा आधारित ५८, पेयपदार्थ सम्बन्धी दुई, नर्सरी जडीबुटीका ११, कपडाजन्य एक, तयारी पोसाक सम्बन्धी १३, स्टिल फर्निचरका ६, छालाजन्य उत्पादन १८, काठ फर्निचर ७३, स(मिल चार, साबुन चार, सस एक, प्लास्टिकजन्य १२ र इँटा उद्योग पाँचवटा दर्ता भएका छन् ।
सिमेन्ट ब्लक उद्योग सात, मेटल वर्क ६१, पशुपक्षीका दाना उत्पादन गर्ने चार, होटल तथा रेस्टुरेन्ट दुई सय १६, ट्राभल टे्रकिङ ६, ढुवानी सेवा २१, प्रशिक्षण ३३, काउन्सिलिङ ९परामर्श सेवा० २९ र खाद्यान्न प्याकेजिङसम्बन्धी १६ गरी एक हजार ३६ वटा दर्ता भएका भुसालले जानकारी दिए ।
मुलुकमै रूपन्देही सबैभन्दा बढी उद्योगधन्दा हुने जिल्लामा पर्छ । जिल्लाको वसन्तपुरमा विशेष आर्थिक क्षेत्र ृसेजे स्थापना भएको छ भने बुटवलमा औद्योगिक क्षेत्र छ । कार्यालय प्रमुख भुुसालले दर्ता हुने उद्योगमध्ये ८५ प्रतिशत उद्योग सञ्चालन हुने गरेको बताए ।
उनले भने( ‘दर्ता भएका उद्योगमा करिब ५०र६० रूपैयाँ करोड लगानी हुने देखिन्छ ।’ सरकारले तीन करोड रूपैयाँसम्मका उद्योगलाई साना, तीन करोड रूपैयाँदेखि १० करोड रूपैयाँसम्मकालाई मझौला र १० करोड रूपैयाँभन्दा धेरै लगानी भएका उद्योगलाई ठूला उद्योगमा दर्ता गर्ने गर्छ ।
नेपालमा ६ सय १२ ठूला, तीन हजार पाँच सय मझौला उद्योग सञ्चालनमा छन् भने साना उद्योग एक लाखभन्दा बढी रहेको बताइएको छ ।