नेपालगञ्ज, भदौ १८ – बाँकेमा बन्दकर्ताले हानेको ढुङगा लागेर एक जनाको ज्यान गएको छ । नेपालगञ्जबाट कोहलपुरका लागि छुटेको मोटरसाइकलमा रहेका नौबस्ता २ का करण सिंहको ढुंगाले लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
उहाँसँगै मोटरसाइकलमा रहेका विनोद शाही घाइते हुनु भएको छ । मित्रहवा चोकमा ढुंगा प्रहारबाट घाइते भएपछि दुवै जनालाई उपचारका लागि अस्पताल लगेपनि करण सिंहलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।