लागुऔषध सहित झापामा दुई युवती पक्राउ

Unknown
0

झापा, भाद्र १७ ।

झापा जिल्लाको दमक नगरपालिकाबाट बुधबार प्रहरीले दुई युवतीलाई लागुऔषधसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा शिवगंज ९ घर भई दमक नगरपालिका डेरा गरी बस्ने २२ वर्षिया लिलिमा चौधरी र सोही स्थान बस्ने २२ वर्षिया पुजन लिम्बु रहेकी छिन्।प्रहरीले उनीहरु बस्ने कोठाबाट लागुऔषध डाईजापाम ११६ एम्पुल, लुपिजेसिक १०८ एम्पुल र फेनारगन ११८ एम्पुल बरामद भएपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले दुबैलाई नियन्त्रणमा लिएको हो।उनीहरुले भारतको पानीटंकिबाट उक्त लागुऔषध ल्याई कोठामा राखी बेचबिखन गर्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले दुबै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान भइरहेको छ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top