सबै दलले सामुहिकरुपमा माफि माग्नु पर्छ—डा.बाबुराम भट्टराई
काठमाडौं, ८ माघ ।
एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले निर्धारित समयसिमा भित्रै संविधान दिन नसकेकोमा सबै दल मिलेर सामुहिक रुपमा जनतासँग विनम्रतापूर्वक माफी माग्नुपर्ने बताएका छन् । संविधानसभा बैठकबाट बाहिरिदैं गर्दा पत्रकारहरु सँग कुराकानी गर्दै नेता भट्टराईले भने, ‘पानीमुनिको ओभानो कोही बन्न खोज्नु हुँदैन, माघ ८ मा संविधान जारी गर्न नसक्नुमा हामी सबै दल दोषि छौं, त्यसको जिम्मा मेरो पार्टीले लिन्छ र अरु सबै दलले पनि लिनुपर्छ,’

उनले क्षमायाचना माग्दै सबै दलले संयुक्त वक्तव्य जारी गर्नुपर्ने बताउँदै त्यसका लागि वातावरण निमार्ण गर्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई आग्रह गरे ।
उनले संविधानसभामा भिडन्त हुने स्थिति आउनु दुःखद भएको भन्दै नेता भट्टराईले आरोप प्रत्यारोप गर्नुभन्दा दलहरुबीच संवाद र छलफल हुनुपर्नेमा जोड दिए ।
उनले जनतामा सत्तापक्षले संविधान जारी गर्न खोजेको र एमाओवादी तथा मधेसवादी दलले अवरोध गरेको भनेर भ्रम फैलाइएको भन्दै असन्तुष्टि व्यक्त गरे । भट्टराईले संविधान जारी हुन नसक्नुमा सबै दल उत्तिकै जिम्मेवार रहेको भन्दै हालसम्म गर्न बाँकी काम र संविधान जारी गर्न सकिने समयसीमा जनतालाई जानकारी गराउनुपर्ने बताए ।