आईएमईको विदेशमा परिवार भेट योजनाको समाप्ती, थारु विजेता घोषित
October 20, 2014
0
काठमाडौँ । नेपालमा रेमिटेन्सको क्षेत्रमा अग्रणी कम्पनीको रुपमा सर्वत्र सुपरिचित यस कम्पनी आईएमईले सेवाग्राहीमुखी रेमिटेन्स क्षेत्रको सर्वाधिक लोकप्रिय कार्यक्रम “विदेशमा परिवार भेट” योजनाको सबभन्दा आकर्षणको केन्द« भएको विदेशमा रहेका आफन्तलाई सपरिवार भेट्न जाने सर्वाधिक भाग्यशाली पुरस्कार विजेता सेवाग्राही एक भव्य कार्यक्रमको आयोजना गरि बम्पर लक्की ड्र को माध्यमबाट सार्वजनिक गरियो । यो योजना गत भाद« १६ , २०७१ देखि असोज १९, २०७१ सम्म संचालन गरिएको थियो । उपरोक्त समय भित्र आईएमई गर्ने सेवाग्राहि लाई बम्पर लक्की ड्र मा समावेश गरिएको थियो । आईएमईका ब्राण्ड एम्वेसडर दिपाश्री निरौला , विभिन्न संचार संम्बद्घ संस्थामा कार्यरत संचारकर्मी, आईएमईका कर्मचारीहरु, यहि योजनाका अन्य साप्ताहिक तथा दैनिक विजेताहरुको उपस्थितिमा यस कम्पनीका कार्यकारी अध्यक्ष चन्द« प्रसाद ढकाल र आईएमईका ब्राण्ड एम्वेसडर दिपाश्री निरौला ले संयुक्त रुपमा रुपन्देही, रुद«पुरका अमिरका थारु लाई “विदेशमा परिवार भेट” योजनाको विजेता घोषणा गरिएकोे थियो । विजेताले पठाएको रकम चन्द«कला थारुले रुद«पुरमा रहेको साईन रेसुङ्गा डेभलपमेन्ट बैकको शाखाबाट भुक्तानी लिनुभएको थियो । विजेता बनेसँगै अमरिका थारुका ४ जना परिवारका सदस्यले आईएमईको “विदेशमा परिवार भेट” योजना अनुसार मलेशियामा ५ दिनको भ्रमण गर्न पाउनेछन् भने भ्रमणको सवैखर्च आईएमईले गर्नेछ ।
“विदेशमा परिवार भेट” योजनाको अवधीभरमा अन्तराष्ट्रिय तर्फ भुक्तानी पाउने तर्फ देशका विभिन्न भु–भागका ३३ जना भाग्यशाली सेवाग्राहीले दैनिक उपहार विधाको लगेजब्याग, ५ जना भाग्यशाली सेवाग्राहिले साप्ताहिक उपहार विधाको डिजीटल क्यामरा साथै विदेशबाट आईएमई गर्नेहरुको विधामा पनि त्यतिनै संख्यामा ३३ जनाले स्मार्टफोन, ५ जनाले आईप्याड पुरस्कार स्वरुप हात पारिसकेका छन् । दैनिक र साप्ताहिक विजेताहरुको नामावली यस कम्पनीको वेभपेज धधध।ष्mभचझष्त।अयm र फेसवुक पेज धधध।ाबअभदययप।अयmरष्mभचझष्त मा राखिएको छ । देश तथा विदेशमा रहनुभएका आम सेवाग्राहि, दाजुभाइ दिदिबहिनी तथा सर्वसाधारण सवैको उल्लासमय सहभागिता जनाउनु भएकोमा हामी सवैप्रति हार्दिक कृतज्ञ र आभारी छौं । हाम्रो यो योजनाले आम सेवाग्राहिमैत्रि हाम्रो सन्जाल साथै सेवाग्राहीसँगको हाम्रो सहयात्राले अझ उचाई र निरन्तरता पाएको महसुस गरेका छौं । समस्त सेवाग्राही, एजेन्ट, सव एजेन्ट, साझेदार संस्था, नियमनकारी निकाय, सचार संबद्घ प्रकाशन तथा प्रसारण संस्था सवैमा यस योजना सफल बनाउन सहयोग गर्नुभएकोमा समेत हार्दिक आभार प्रकट गर्दछौं ।
आफनो स्थापनाकाल देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहँुचसम्म पुराउन प्रतिबद्व यो कम्पनीले सेवा शुभारम्भको १४ औ वर्षसम्ममा नेपाल अधिराज्यका प्रमुख शहर तथा शहरोन्मुख ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ३५०० भन्दा बढी शाखा÷सवएजेन्ट र बैङ्क तथा वित्तिय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
Source :- News abhiyan
Tags