स्वदेशमा रोजगारको समस्याले गर्दा विदेश जानेलाई मध्यनजर गर्दै नेपालमै रोजगारी दिनका लागि बालाजुमा बैकल्पिक मेनपावर सप्लायर्स खुलेको छ।
'बेरोजगारलाई नेपाल मै रोजगार कम्पनीलाई कामदार' भन्ने नारा सहित मेनपावरले देशको नेपाली युवायुवती तथा अन्य जनशक्तिहरुलाई आफनो सिप, क्षमता र कार्य अनुभबको आधारमा खोजे/रोजे अनुसारको रोजगार दिलाउँदै आएको बताएको छ।
'हाल नेपालमा मेनपावर कम्पनीले कामदार विदेश पठाउने काम गर्छन्। तर यो मेनपावरले नेपाल मै रोजगार र कामदारको व्यबस्था गर्दै आएको छ,' समूहका प्रमुख रामजी लामिछानेले भने।
स्वदेशमा रोजगारको समस्याले गर्दा विदेश जानेको संख्या दिन प्रति दिन बढ्दै गएको छ। देशमा युवा जनशत्तिलाई ध्यानमा राखेर सरकार पक्षवाट रोजगारका निम्ति केहि पहल हुन नसकेका कम्पनीले ठहर गरेको छ।
बढ्दो जनशक्ति पलायनको क्रम तिब्ररहेको हाम्रै घर आगनमा बढ्दै छ। सरकार र अरुको मात्रै मुख ताकेर बस्नु भन्दा आउनुहोस हामिसँगै मिलेर केहि गरौं भन्दै समूहले नेपालमै रोजगारको व्यवस्था गर्दै आएको जनाएको छ।
जागिरको खोजीमा हिड्दा हिड्दै चार जोर जुत्ता फाटिसके, दुख त कति कति, नेपालमा कामै छैन, अब एमआरपी बनाइन्छ, यस्तै–यस्तै खालका वाक्यांश जागिरको खोजीमा भौतारिदा–भौतारिँदा वाक्क भएका लाखौ शिक्षित/अशिक्षित बेरोजगार युवायुवतीका हुन्,' समूहका प्रमुख लामिछानेले भने, 'अबका दिनमा यस्ता समस्या नेपाली युवायुवतीले भोग्न नपरोस भन्ने उदेश्यले बेरोजगारलाई नेपाल मै रोजगारको व्यवस्था गरिएको हो।'
समूहका प्रमुख रामजी लामिछाने नेपालमा नेपाली मेनपावरको धारणा (कन्सेप्ट) ल्याउने पहिलो व्यक्ति भएको दाबी गरेका छन्।
Source: Setopati
Source: Setopati