खोटाङ : संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले पहिचानको मुद्दा सम्बोधन नगरी कांग्रेस र एमालेले एकलौटी संविधान जारी गरे जलाउने बताएका छन् ।
संघीय समाजवादी पार्टी खोटाङको प्रथम जिल्ला सम्मेलन उद्घाटनका क्रममा बोल्दै महासचिव श्रेष्ठले कांग्रेस–एमाले पुरानै संविधान जारी गर्ने योजनामा लागेको बताउँदै त्यसलाई आफूहरुले असफल बनाउने बताए ।
‘पहिचानको मुद्दा हटाएर थोरै संशोधन गरेर पुरानै संविधान ल्याउने खेल भइरहेको छ’, महासचिव श्रेष्ठले भने, ‘पहिचानको मुद्दा नसमेटिए घोषणा भएको भोलिपल्टै हाम्रो अगुवार्इमा जनताले नयाँ संविधान जलाउनेछन् ।’
महासचिव श्रेष्ठले संविधानसभाले पहिचानको मुद्दा सम्बोधन नगरी संविधान जारी गरे संघीय समाजवादी पार्टीले सडकबाट एकल पहिचानसहितको संघीय संविधान जारी दाबी गरे ।
‘पहिचानसहितको संविधानका लागि पहिचान पक्षधर दलबीच एकताको अन्तिम तयारी भएको छ’, उनले भने, ‘नयाँ संविधानमा सबै जातजातिको उचित अधिकार तथा सहभागिता ग्यारेन्टी हुनुपर्छ ।’
Source :- aanapurna Post