जीवन डोटेल,

कतार (दोहा),
स्याङ्गजा सहयोग समाज दोहा कतारले दोहास्थित हिमालयनहोटलको सभाहलमा एक विशेष कार्यक्रमगरी नेपाली राजदुतावास कतारका श्रम सहचार्य इन्द्रदेव पाण्डेको सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
सँस्थाका अध्यक्ष रामु बस्यालको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथी सम्मानीत एवं विदाइ कापात्र नेपालीनियोग कतारका श्रम सहचार्य स्याङ्गजावासी इन्द्रदेव पाण्डे रहनु भएको थियो ।
विषेश अतिथीहरुमा सँस्थापक सचिव कमल न्यौपाने, भु.पु अध्यक्ष गुरुनारायण रानाभाट, निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार प्रमुख टुकराज अर्याल, नेपाल राष्ट्र बैङ्कका अधिकृत बाबुराम कोइराला, सल्लाहकार सदस्य भेषराज पराजुली, रहनुभएको थियो । कार्यक्रम स्याङ्गजा सहयोग समाज दोहाकतार का संरक्षक, सल्लाहकार तथाकार्यसमितीको उपस्थीतीमा सम्पन्नभएको थियो ।
