विवाहका लागि लाईसेन्स चाहिने

0
भदौं २३, एजेन्सी ।  
साउदी अरबले विवाह गर्न चालक अनुमतीपत्र अनिवार्य गर्ने तयारी गरेको छ । मुलुकमा छोडपत्र गर्ने प्रवत्ति बढ्दै गएपछि त्यहाँको प्रशासनले विवाहका लागि चालक अनुमतीपत्रलाई शर्तको रुपमा अघि सार्ने तयारी गरेको हो । त्यहाँको न्याय मन्त्रालयले लामो अध्ययनपछि यस्तो तयारी गरेको हो । यस्तै, विवाहपूर्व जोडीलाई विवाह तालिम समेत दिने बताईएको छ । 
प्रारम्भिक अध्ययनका क्रममा विभिन्न जोडीको शारिरीक तन्दुरुस्ती र स्वास्थय जाँच गर्दा त्यसका कारण पारपाचुके नभएको पाईएपछि लाइसेन्सलाई शर्तका रुपमा अघि सार्न लागिएको साउदी प्रशासनले जनाएको छ । 
लाईसेन्सले पारपाचुके घटउन कसरी मद्धत गर्छ भन्ने बारे भने स्पष्ट खुलाईएको छैन ।
साउदी अरबमा पछिल्लो समय पारपाचुके गर्नेको संख्या बढ्दै गएको छ । विवाहपछि श्रीमतीलाई जागिरलाई निरन्तरता दिनबाट रोक्नु तथा श्रीमतीको तलबमा श्रीमानले हक जमाउनु पारपाचुकेको प्रमुख कारण रहेको सरकारी तथ्यांकलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top