
विनोद रखाली मगर, स्याङ्जा । जिल्ला पर्यटन विकाश समिति स्याङ्जाकोे पहलमा गत मङ्गलवार आधिँखोलामा गरिएको साहसिक जलयात्रा र्याफ्टिङ्को सफल परिक्षण पश्चात ३ दिने जलयात्रा सन्चालन गरिने भएको छ । यहि भाद्र २८ गते देखि सुरु हुने साहसिक जलयात्रा र्याफ्टिङ् भाद्र ३० गते सम्म सन्चालन हुनेछ । पुतलिवजार नगरपालिका पुतलिखेत देखि वालिङ् नगरपालिका मालेवगर सम्म झण्डै २० किलो मिटर दुरि रहेको आधिँखोलामा र्याफ्टिङ सन्चालन हुने जिल्ला पर्यटन विकाश समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार र्याफ्टिङ्मा सहभागि हुन टिकट वुकिङ् खुल्ला गरिएकाले इच्छुक व्यक्तिले स्याङ्जा सदरमुकामको लागी अनन्तकुमार श्रेष्ठ , रोडसाईड क्याफेका कृष्णजङ्ज के.सी. , समिर सप्लायरका मोति प्रसाद अर्याल , वालिङ्मा आधिँखोला सप्लायरका निर्मल अर्याल ,गल्याङ्मा लक्ष्मी टेलिभिजनका विनोद रखाली मगर , पोखरामा हर्क गुरुङ् लाई सम्पर्क गर्न सकिने जनाउनुभयो । साहसिक जलयात्रा र्याफ्टिङ् भाद्र २८ गते देखि विहान ७ वजे र दिउसो २ वजे सन्चालन हुनेछ ।
स्याङ्जा को पुतलिवजार नगरपालिका , वाड्खोला भन्दा केही तल पुतलीखेत देखि वालिङ् नगरपालिका मालेवगर सम्मको आधिँखोला र्याफ्टिङमा आन्तरिक तथा वाह्य पर्यटकले आधिँखोलाको सुसाउदो वहाव , किनार वरिवरीका हरियाली खेतिवालीका फाँट , मनोरम दृश्य , ठाउँ ठाउँमा पौडी खेल्न मिल्ने जलाशय , आधिँखोलाको स्वादिस्ट माछाको स्वाद पनि चाख्न सक्नेछन् ।
पुतलिखेत देखि सुरु हुने र्याफ्टिङमा स्याङ्जा वजार हुदै राङ्खोला , लाम्पाता , हेलु , वयरघारी, राङ्खोला , मिर्दी हुदै वालिङ् खेल मैदान सम्म झण्डै २ घण्टामा र्याफ्टिङमा यात्रा गर्न सकिनेछ ।
