
१. प्लास्टिक जस्तो लाग्छः थुप्रै पुरुषहरु आफ्नो पार्टनरलाई कण्डम लगाउनाले उनीहरुलाई प्लास्टिक जस्तो महसुस हुने र सेक्सको आनन्दमा आधा कटौती हुने कुरा बताउँछन् ।
२. आजकाल त तिम्रो सेफ पिरियड चलिरहेको छः यदि पार्टनरको महिनावारी भइरहेको छैन भने पुरुषहरु त्यतिबेला सेफ पिरियड बताउँदै कण्डम लगाउँदैनन् र भन्छन् केहि पनि हुँदैन ।
३. कण्डम पनि फुट्छः जो साथी बच्चा नहुनका लागि कण्डमको प्रयोग गर्ने गर्दछन्, उनीहरुको पुरुष पार्टनरले धेरैजसो यो कुरा भन्ने गर्छन् कि कण्डम पनि सुरक्षित हुँदैन, यो कहिलेकाँही फुट्छ । योभन्दा सुरक्षित त तिमीले पिल्स खाँदा नै हुन्छ ।
४. तिमी औषधीको सेवन गरः जो पुरुषहरुको अहम धेरै हुन्छ उनीहरु धेरैजसो अवस्थामा आफ्नो पार्टरलाई सेक्स भनेको रमाइलो गर्ने एउटा माध्यम मात्र हो भन्ने गर्दछन् । आफूले कण्डमको प्रयोग गर्नु साटो आफ्नो पार्टनरलाई औषधी खान सल्लाह दिन्छन् ।
५. तिमीलाई रमाइलो लाग्दैनः धेरैजसो पुरुषहरु फोरप्ले पछि यो भन्ने गर्छन् कि यदि मैले कण्डम लगाएँ भने तिमीलाई सन्तुष्टि प्राप्त हुँदैन र महिलाहरु यो कुरालाई मान्ने गर्दछन् ।
६. म आफूलाई सम्हाल्छुः पुरुषहरुले यो भन्ने गर्दछन् कि उनीहरु आफूलाई सम्हाल्नेछन् र पार्टनरलाई गर्भवती हुनबाट बचाउनेछन् ।
७. म तिमीलाई धेरै माया गर्दछु र तिमीमा नै लीन हुन चाहन्छुः माया र सुरक्षित सेक्स दुई अलग कुरा हो तर पुरुषहरुका लागि बेडमा माया र सेक्स एकैपटक आउने गर्दछ । उनीहरु मान्ने गर्छन् कि कण्डम लगाउनाले दूरी बढ्नेछ र एकअर्कामा लिन हुन सक्दैनन् ।
८. कण्डम निकै महँगो छः हरेक दिन सम्भोग गर्ने व्यक्तिका लागि कण्डमको मूल्य एक समस्या हुने गर्दछ । यस्तो अवस्थामा कण्डम निकै महँगो भएको बताउँदै आफ्नो पार्टनरलाई मनाउन सफल हुने गर्दछन् ।
९. इमर्जेन्सी कन्ट्रासेप्टिभ खाउः धेरैजसो पुरुषहरु आफ्नो पार्टनरलाई बजारमा धेरै प्रकारको कन्ट्रासेप्टिभहरु उपलब्ध भएको र त्यसलाई खाएमा केहि नहुने सल्लाह दिने गर्दछन् ।
१०. तिमीलाई ममाथि भरोसा छैन ? पुरुषहरु धेरैजसो यस्तो भावनात्मक कुराहरु गरेर महिलालाई बहकाउने गर्दछन् । यस्तै कुराहरु गरेर उनीहरु कण्डमको प्रयोगबाट बच्ने गर्दछन् ।
(एजेन्सी)