काठमाडौँ उपत्यकामा सटर भाडा जम्मा ६० रुपैयाँ !

0
ललितपुर । काठमाडाैं उपत्यकामा एउटा पसल (सटर) काे भाडा कति तिनर्पुर्ला ? ५ हजार वा १० हजार ? अझै धेरै चहलपहल हुने व्यापारिक केन्द्रमा कति पर्ला ? तपाईंलाई अचम्म लाग्न सक्छ, पाटनको मंगलबजारमा अत्यन्तै सस्तो भाडामा सटर पाइन्छ भन्दा । पत्याउन नसके पनि यथार्थ यस्तै छ । ललितपुरको सबभैन्दा बढी चहल–पहल हुने व्यापारिक कन्ेद्र मगंलबजारमा एउटा सटरको भाडा ६० रुपैयाँ मात्रै छ । पाटन दरबार स्क्वायर र त्यस आसपासमा रहको नेपाल सरकारका विभिन्न निकायको स्वामित्वमा रहेको कवलहरूको भाडा अहिले पनि ६० रुपैयाँ मात्रे रहेको पाइएको हो । लामो समयदेखि भाडा समायोजन हुन नसक्दा व्यापारिक केन्द्रमै सटर भाडाबापत ६० रुपैयाँ मात्रै पाउने गरेको हुन् सरकारी निकायले । भाडा समायोजन हनु नसकेकै कारण कयांै गण्ुाा कम आम्दानीमा चित्त बझुाउन बाध्य छन् सरकारी निकाय । यस क्षेत्रका धेरै पसलको भाडा सय रुपैयाँभन्दा कम छ । अधिकांश पसलको भाडा ५ सयभन्दा कम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ । पाटन दरबार स्क्वायर परिसरमा रहको पसल÷कवलहरू गुठी संस्थान, पाटन दरबार स्क्वायर हेरचाह कार्यलय र कुनैकुनै स्थानीय निकाय (नगरपालिका) को मातहतमा छन् । आजको राजधानी दैनिकमा खबर छ । सेतोपरेवा 
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top