
एजेन्सी –अमेरिकी राष्ट्रपति बाराक ओवामाले इराक र सिरियामा संघर्षरत इस्लामिक स्टेट (आइएस) विरुद्द सैन्य कारबाही गर्ने अधिकार आफुसँग भएको बताएका छन् । उनले यो कारबाहीका लागि अमेरिकी संसदसँग अमेरिकी संसद्सँग अनुमति लिनुनपर्ने अडान लिएका छन् । मंगलबार डेमोक्रेटिक पार्टीका नेता ,रिपब्लिकन नेता तथा प्रतिनिधी सभाका अध्यक्षसँग कुरा गर्दै ओबामाले यो अडान लिएका हुन् । यसले अमेरिकी राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । ओबामाले आइएसविरुद्द नयाँ रणनीति पनि सार्वजनिक गरेका छन् । उनको यो सम्बोधनले सिरिया र इराकमा संघर्षरत विद्रोही आइएसविरुद्द गठबन्धन बन्न सक्ने अनुमान छ । गठबन्धनमा युरोपेली मुलुक पनि सदस्य हुनेछन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
