उपचार केन्द्रमा युवकलाई कुटेरै मारियो
September 10, 2014
0
बुटवल,भदौ २५ :- उपचार केन्द्रको भर्ना गरेको ३ दिनमा नै बुटवलका एक युवाको रहस्यमय तरिकाले मृत्यु भएको छ । बुटवल १५ निबासी ३१ बर्षिय राम प्रसाद भट्टराइको कपिलबस्तुको बैरिया स्थित आस्था लागु औषध तथा मद्यपान उपचार केन्द्रको लापर्बाहिका कारण रहस्यमय ज्यान गएको हो । दिनरात नै मदिरा पिउने लतबाट हैरानीमा परेका परिवारले उनलाइ भदौ २२ गते उपचार केन्द्रमा पुराएका थिए । मृतक भट्टराइको आंखा,हात,खुट्टा,नारी तथा पेटको कोखाहरुमा निलडाम रहेको छ । उपचार र सुधारका लागि केन्द्रमा भर्ना भएका उनलाइ केन्द्र संचालकहरुले रातभर नै पिटेको कारण ज्यान गएको मृतकका बाबु कृष्णप्रसाद भट्टराइले बताउनुभयो । आफ्नो कान्छो छोरालाई ३ महिनामा ठिक गरिदिने भन्दै केन्द्रले भर्ना लिएको उहाले बताउनुभयो । केन्द्रले मासिक १२ हजार शुल्क सहित उनलाइ उपचार गरिदिने आश्वासन दिएपछि कृष्णप्रसादले केन्द्रमा २० हजार नगद बुझाएको बताउनुभयो । केन्द्रका संयोजक केशब पुन र सुजन सेनले आफुले गरेको फोन पटक पटक काटेको र यर्थाथ कुरा नबताएको मृतकका बाबु कृष्णप्रसादको भनाइ छ । केन्द्रले उपचारको नाममा मान्छे मार्ने काम गरेको भन्दै परिवारजनले आक्रोश ब्यक्त गरेका छन् । उपचारका लागि भर्ना गरिएका रामप्रसादको कुटाइबाट मृत्यु भएपछि परिवारजनले दोषिलाइ कारबाहिको माग गरेका छन् । परिवारजनले दोषिलाई कारबाहिको माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना सहित बुधबार जाहेरी दिएका छन् ।
Tags