बढ्दै छन् बेसहारा वृद्धा

Unknown
0
विनोद थापा, बुटवल,/

   वैवाहिक जीवनको रमाइलोसंगै महिलाहरुमा आमा बन्ने प्रक्रिया सुरु हुन्छ । महिनाबारी सुरु हुंदादेखि मृत्युसंग अनवरत संघर्ष गर्दै यौटी महिला आमा बन्छिन् ।  सन्तानको सुख र बुढेशकालमा साहारा पाउने कल्पनामा आफ्ना सबै पीडा भुलेर आमाले सन्तानलाई हुर्काउछिन् । आफूले नखाएपनि सन्तानलाई खुवाउदै, उसको पीडामा रुदै र उसको खुसीमा रमाउदै ती आमाले आफ्नो सन्तान ठूलो बनाउंछिन् । यसरी हुर्काए बढाएका सन्तानले पछिल्लो समयमा तीनै आमालाई दुख दिने गरेका उदाहरण अहिले समाजमा बढ्दै गएको छ ।
खासगरी विहेपछि छोराहरुले परिवार अलग राख्दा आमाहरु बेसहारा बन्ने गरेका छन् । कतिपय छोराले त आमाबाबुसंग परिवार नराख्ने होइन उनीहरुको खानपीनका लागिसमेत रकम नदिदा समस्या हुने गरेको छ । यो बेलामा उमेरमा छोराछोरी जन्माउन गरेको दुख र आफ्नो लगानी सम्झेर बुढेशकालमा धेरै आमा धुरु धुरु रोएका छन् ।
घर भन्दा चौध कि।मि पर ९बुटवल सुकुम्बासी०सानो झुपडी बनाएर एक्लै बस्छिन् । दिनभर घर बनाउने काम गर्छिन् । त्यही काम गरेर आफनो जिवन चलाई रहेकी छिन् । उनको नाम हो ,दिलमाया थापा । एकान्तमा गीत गुन्गुनाउछिन् । “छोरानाती कन्कन गर्छन् ,बुहारीले आखाँ तर्छन बुढेसकालैमा ।” एकैछिन्को भेटमा दुःखहरु पोख्दै उनी भन्छिन्,“हामी बुढो भईयो , छोरा बुहारी दिनदिनै झगडा गर्ने , दिनदिनै कचकच सहनु भन्दा दुखै गरेर भएपनि बस्न मन लाग्यो । काल नआउन्जेल यस्तै दुःख गर्ने खाने । बुढेसकालमा हेलाको पात्र मात्रै हुने यो कस्तो जिन्दगानी भन्दै भावुक हुन्छिन् ।
कमाइ खुवाउने छोराले विहेपछि आफ्नो परिवार छुट्याएर हिडे । ‘ ठूला छोराको विहे भयो । नाति जन्म्यो । अब त सुखका दिन आए भनेर रमाएकी थिएं । बुहारी र नातिलाई लिएर घरबाहिर निस्क्यो । कान्छा छोराले विहे भएको दुइ महिना नपुग्दै श्रीमतिलाई लिएर काठमाडौ गयो । अपांग श्रीमान्सित बुढेशकालमा म बेसहारा भएकी छु ।’
उनी जस्तै धेरै बृद्धबृद्धाहरु अहिले यस्तै अनेक अनेक काम गरेर भए पनि जीवन गुजारा गर्न बाध्य छन् ।
त्यस्तै अर्की बुढी आमाको कथा र व्यथा उस्तै छ । उनी हुन रुपन्देही सेमलार गाविस नरैनापुरकी शिवकुमारी थारु । वर्षले सत्तरी कट्नै लागेकी सकिनसकि भए पनि काम गर्छिन । मलिनो मुख गराउदै भन्छिन्, ”बुढेसकाल लाएर  के भो बाचुन्जेल शरीरमा शक्ति छ काम गरेर खाने हो । ”थारु भन्छिन्,टिपेर ल्याएको साग ओईलिनबाट जोगाउन घरको छतमा राख्यो,विहान सबेरै चार बजे उठेर बेच्न लान्छु ।एक मुठाको रु। १० का दरले विहानभर ११ बजेभित्र चार।पाँस सयको आम्दानी हुने बताउँछिन् ।
उनी भन्छिन्,परिवार चौविस जना छौ ।उनीहरुल जवान भए ,विहे गरे ,गए आफनो आफनो बाटो ।  सानो छदा मर्ला कि भन्ने डर ,ठुलो भएपछि मार्ला कि भन्ने डर । बुढेसकालमा साहारा भन्ठानेको एक्लो बनाए ।छोराछोरी पराई भए ,बुढाबुढी एक्लै ।
खान परो ,काम नगरी खान पाईदैन,नखाई बाँच्ने कसरी रु हाम्रो पालामा चोर डाकाँ लाग्ने ,जेनतेन भएका खेतबारी ,गरगहना चोरले चो¥यो । हातहतियार सहित आएका चोरले ससुरालाई गोली हानेर मा¥यो । त्यही डरले भएको सम्पक्ति छोडर अन्यत्र बसाई सरियो । अहिले आफनो जग्गा जमिन छैन । जमिनदारको घरमा हरुवा बस्यो,उसैको काम ग¥यो । जमिनदारको काम सकाएर मजदुरी गर्न जानुपर्छ । मजदुरी गरेर आएको थोरै पैसाले नुन तेललाई हुन्छ ।
पश्चिमा सस्कृति अपनाउने र एकल परिवारमा बस्न खोज्ने छोराबुहारीका कारण वृद्धवृद्धाहरु बेसहारा बन्ने गरेका छन् । छोराबुहारीसंगै बसेपनि आमाबाबुप्रति वास्ता नगर्ने, खासगरी वृद्ध सासुलाई बुहारीले आदर र सम्मान नगर्ने समस्या बढ्दै गएको छ । पैतृक सम्पत्ति नहुन, आम्दानी नहुने र त्यसमा पनि वृद्ध महिला बढी समस्यामा छन् । उमेर छंदा श्रीमान् र सासुससुराबाट हिंसामा परेका आमाहरु बुढेशकालमा छोराबुहारीबाटै प्रताडित छन् ।
महिला मानव अधिकारकर्मी मनु खड्का भने समयको परिवर्तनले सासुहरु बेसहारा बन्दै गएको बताउंछिन् । उनका भनाइमा  छोरा त्यसमा पनि बुहारीहरु नया जमानामा हुर्केका , नया प्रविधि पछ्याउने, घरबाहिर जागिर गर्नेमा बढी समय घरबाहिर दिन्छन् । घरको काम र सासुहरुको सहयोग तथा सम्मानमा त्यति धेरैसमय खर्चदैनन् । यो सासुहरुलाई अपाच्य हुन्छ । यही मनमुटावका कारण छोराबुहारी अलग हुन्छन् ।यस्तोमा दुवै पुस्तालाई सम्झाएर सासुहरुलाई सहारा र छोराबुहारीलाई आमाबाबुप्रतिको जिम्मेबारी वोध गराउनुपर्ने अधिकारकर्मीले बताइन् ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top