भारतलाई विजुली बेच्न सके मात्रै पनि नेपाल समृद्ध बन्न सक्ने मोदीको भनाई

0
साउन- १८, काठमाडौं । नेपालमा रहेको पानि र बिजुली लाई सित्तैमा लिन नखोजेको भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । प्रधानमन्त्री मोदीले भने ‘जसरी हामी बिजुली सित्तैमा होइन किन्न चाहान्छौं, तपायहरुको पानी लिएर जान चाहदैनौं’ । नेपालको संविधानसभा व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्दै उनले भने ।

पानी र जवानी कहिल्यै पहाडको काम आउँदैन। पानी पहाडबाट तल जान्छ। जवानी पनि थोरै उमेर पछि चलिजान्छ। हामी यो भनाइ बदल्नु छ। पहाडलाई पनि पानी काम आउँछ। जवानी पनि । भारत र नेपाल युवा देश हो। यो नव युवालाई काम दिन सके हामी प्राकृतिक स्रोतको उपयोग गरी विकासमा अगाडि बढ्न सक्छौँ। प्राकृतिक स्रोतको बारेमा निर्णय तपाईँ गर्नुहोस् हामी तपाईँलाई साथ दिन तयार छौँ।
यहा पेट्रोलियम पाइपलाइनबाट ल्याउने कुरामा हामी सहयोग गर्छौँ। यहाँको शिक्षामा पनि छात्रबृत्ति बढाएर बढीभन्दा बढीलाई फाइदा दिन चाहन्छु।
लक्ष्मणजी मुर्छित भएपछि हनुमान यहाँ आएका थिए। यहाँ हर्बल मेडिसिनको विकास गर्न सकिन्छ। भारत काँधमा काँध मिलाइ काम गर्न चाहन्छ। पर्यटनको विषयमा सवा करोड करोड जनता छिमेकी छन् भने कुनै पनि बेला पशुपतिमा आउन चाहन्छन्।

मोदीले भारतलाई मात्रै बिजुली बचेर पनि नेपाल सम्बृद्ध मुलुक बन्न सक्ने बताए । ‘हामी तपाइहरुसँग जोडिन चाहान्छौं, अहिले तपाइहरुको अँध्यारो हउटाउन हामी सघाउछौं अब १० वर्षपछि हिन्दूस्तानको अँध्यारो तपाइहरुले हटाइदिनुहुनेछ’ । उनले अहिले नेपाललाई भारतले दिदै आएको बिजुलीमा दोब्बर गर्न ट्रान्सफरमर लाइन थप्न पहल गर्ने आश्वासन दिए ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top