बाबुरामजीलाई भाग नपुगेको भए थपिदिन्छु : प्रचण्ड

Unknown
0
२०७१ साउन, २३ शुक्रबार
चितवन : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्डले पार्टीका अर्का नेता बाबुराम भट्टराईसँगको विवाद वा झगडा दूधभात जस्तै भएको बताएका छन्।

सासुको निधन भएको १३ औँ दिनको कार्यमा सहभागी हुन चितवन आएका प्रचण्डले शुक्रबार पत्रकार भेटघाटमा भने, बाबुरामजीसँगको विवाद वा झगडा दूधभातजस्तै हो।' उनले बाबुरामसँगको विवाद नयाँ नभएको र २०४१ सालदेखिकै उनीसँग झगडा हुँदै आएको बताए। 'पार्टीभित्रको यो अन्तरविरोध मेरा लागि दूधभात जस्तै सामान्य छ, उनले भने, यसलाई मैलै गम्भीर रूपमा लिएको छैन।'

अहिले पार्टीमा देखिएको अन्तरविरोध योभन्दा बढी नचर्कने उनले दाबी गरे। ' समस्या देखिएको छ, समाधानको प्रकृया पनि शुरु भैसकेको छ ' प्रचण्डले भने, ' भोलि (शनिबार) बिहान उहाँसँग नेतृत्वको बैठक बस्ने तय भइसकेको छ। समाधान निस्कन्छ भन्नेमा म विश्वस्त छु।'

संविधान निर्माण र शान्ति प्रकृया पूरा गर्ने कार्यभार बाँकी रहेकाले पार्टी नफुट्ने दाबी गर्दै प्रचण्डले भट्टराईको माग आफूले अहिलेसम्म नबुझेको बताए। 'माग बुझेको भए पूरा गरिसक्थेँ, उहाँले पार्टीमा प्रष्टसँग राख्नु भएकै छैन ' प्रचण्डले सञ्चारकर्मीको जिज्ञासामा भने। भागबण्डा नमिलेर हो कि भन्ने जिज्ञासामा प्रचण्डले भट्टराईलाई भाग नपुगेको भए थपिदिन आफू तयार रहेको बताउँदै भने, ' उहाँलाई भाग पुगेन भनेको भए (भाग) बढाइदिन्थेँ, त्यो पनि राख्नु भएको छैन।'

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top