बालकको मृत्युपछि गोठाटारमा तनाव

Unknown
0
 काठमाडौंको गोठाटारमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । गोठाटार–३ दुबोचौरस्थित बालुवाखानीमा बालुवा निकालेर बनेको पोखरीमा डुबेर ११ वर्षका रोजिन शाहीको मृत्यु भएको गोठाटार प्रहरी प्रभागका प्रहरी निरीक्षक दीपक ढुंगेलले जानकारी दिए ।

घटना लगत्तै आक्रोसित स्थानीय बासिन्दाले बालुवाखानीको काउन्टर र डोजरमा आगजनी  गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायर गरेको थियो । घटनापछि सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पशुपति विकास कोषको जग्गामा बच्चुराम बालुवाखानी प्रालिले बालुवा निकाल्ने क्रममा बनेको खाल्डोमा वर्षातको पानी जमेर पोखरी बनेको थियो । अपरान्ह साढे १२ बजेतिर नुहाउन गएका तीन बालकमध्ये पाटन ठैव घर भइ गोठाटारमा मासु पसल सञ्चालन गरेका रविन शाहीका छोरा रोजिनको मृत्यु भएको हो ।

घटना लगत्तै पुगेको प्रहरीले दिउँसो सवा ३ बजेतिर पोखरी खनेर पानी निकालेपछि बालकको शव फेला परेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top