भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अतिथि सत्कार खर्च ६६ लाख रुपैयाँ भन्दा बढि लाग्ने भएको छ। शनिबारको मन्त्रिपरिषद्ले ३२ सदस्यीय प्रतिनिधिमण्डलका लागि खर्च पारित गरेको हो।
प्रधानमन्त्री कार्यालय स्रोतले दिएको जानकारी अनुसार मुख्य खर्च विवरण यस्तो छः
होटल ह्यात रिजेन्सीको सुइट (मोदी) एक रातको २ लाख
विदेश सचिव सुजाथा सिंहका लागि एक रातको सुइट २ लाख
बाँकी ३० जनाका लागि एक रातको होटल खर्च १० लाख ५० हजार
चियापान र विविध २ लाख
मोदीको सवारी साधनका इन्धन खर्च ५ लाख
मोदीकेा स्वागतका लागि राजधानीका सडककिनारामा झण्डा र स्ट्याण्ड व्यवस्थापन ३ लाख ५० हजार
सुरक्षाकर्मीलाई दैनिक ८ सय रुपैयाका दरले ३ लाख २० हजार
आगमन र प्रस्थानका अवसरमा सेनाले दिने विशेष सलामीका लागि ५० हजार
सरकारले यस अघि नै मोदीको सम्मानका लागि १९ तोपको सलामी दिने निर्णय गरिसकेको छ। मन्त्रिपरिषदको निर्णय अनुसार मोदीको स्वागत र विदाइका लागि प्रधानमन्त्री सुशील कोइराला एयरपोर्ट जानेछन्। मोदीको भ्रमण अवधिका लागि सवारी मन्त्री मिनेन्द्र रिजाल र परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुनेछन्।
यसअघि भारतीय विदेश मन्त्री सुष्मा स्वराज प्रतिनिधिमण्डलको खर्च ३५ लाख ५२ हजार छुट्टाइएको थियो।
