पछिल्लो समय पशुपति शर्माले तीजको सँघारमा बजारमा ल्याएको ‘हामी नेपाली’ बोलको गीत विवादित बनेपछि शर्माले गीतलाई रोक नै लगाउनु प¥यो । गीतमा प्रयोग भएका शब्दहरुले जातीय उपेक्षा गर्ने भन्दै विभिन्न जातीय संस्थाहरुले प्रेस विज्ञप्ति नै प्रकाशित गरी आपत्ति जनाएपछि रोक लगाउनु परेको हो । यसका बारेमा के भन्छन् त पशुपति शर्मा ? यस विषयमा हाम्रा सहकर्मी नवराज वि.क.ले शर्मा कतार आएको बेला लिनुभएको अन्तरवार्ता हेर्नुहोस् ।
