एसएलसीमा फेल भए पनि जेटीए पढ्न पाउने ब्यवस्था

0
२० साउन, सुर्खेत । सुर्खेतमा पहिलोपटक एसएलसी उत्तीर्ण नभएका विद्यार्थीले कृषिसम्बन्धी (जेटिए) पढ्न पाउने भएका छन् । कुनाथरी गाविसमा रहेको कृषि क्याम्पसले २९ महिने कृषि जेटिए अध्ययन सञ्चालन गरेपछि प्रवेशिका अनुत्तीर्ण विद्यार्थीले पनि पढ्न पाउने भएका हुन् । कृषि क्याम्पसले विद्यार्थीको मागलाई दृष्टिगत गर्दै पहिलोपटक यस्तो सुविधा ल्याएको हो । एसएलसी अनुत्तीर्ण भएका विद्यार्थीले पटकपटक परीक्षा दिँदा पनि पास हुन नसकेपछि अब त केही गर्न सकिँदैन भन्ने निराशाको अन्त्य गर्ने उद्देश्यअनुरुप नै यो शिक्षा लागू गर्न लागेको हो । यसै शैक्षिकसत्रबाट लागू हुन लागेको २९ महिने कृषि जेटिए अध्ययनका लागि जिल्लाबाहिर र जिल्लाभित्रका करिब १५ जनाको नामदर्ता भएको क्याम्पस प्रमुख नारायण सिग्देलले जानकारी दिए । योसँगै अहिले १५ महिने जेटिए प्राविधिक शिक्षा पढाइ भइरहेको छ । क्याम्पसले आगामी दिनमा विद्यार्थीको सङ्ख्यामा वृद्धि गर्ने बताएको छ । यसैबीच क्याम्पसले गुणस्तरीय शिक्षा दिने उद्देश्यले करिब २४ लाख रुपैयाँको लागतमा नयाँ भवनको निर्माण कार्यलाई निरन्तरता दिएको छ । कृषि जेटिए शिक्षाका लागि विद्यालयले रासायनिक, भौतिक र बायोलोजी ल्याबको समेत व्यवस्था गरेको छ । रासस 
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top