भारतमा बेचिन लागेका धादिङ– ६ छत्रे देउरालीका २ किशोरीको उद्धार

Unknown
0
भारतमा बेचिन लागेका दुई नेपाली किशोरीको उद्दार भएको छ । धादिङ– ६ छत्रे देउराली घर भएका तामाङ थरका २२ र १८ वर्षिया किशोरी भारतको हैदरावादबाट अखिल भारत नेपाली एकता समाज मुल प्रवाहको सहयोगमा उद्दार भएर नेपाल फर्केका हुन् । घरबाट भागेर काठमाडौं गएका दुई किशोरीलाई हेटौंडा निवासी नवीन तामाङले काठमाडौंमा भेटेपछि राम्रो रोजगारीमा लगाइदिने भनी ललाई फकाई गरी रुपन्देहीको बेलहिया नाका हुंदै हैदरावाद पुराएका थिए । हैदरावादको मल्लापल्ली स्थानमा डेढ महिनासम्म  होटलमा राखेर बेच्ने प्रयास गरिरहेको अवस्थामा किशोरीहरुले थाहा पाएपछि भागेर जोगिएको उद्दार भएर आएकी शान्ति तामाङ (नाम परिवर्तन) ले बताइन् । ‘हामीलाई विक्रि गर्न ग्राहक खोजेर मोलमोलाई गरिरहेका थाहा पाएपछि भागेर ज्यान बचायौं, ऊ (नवीन) पनि हामीलाई छोडेर भाग्यो’–शान्तिले भनिन् ।बेचिनबाट जोगिएका किशोरीलाई  हैदरावादमा रहेका अखिल भारत नेपाली एकता समाज मुल प्रवाहका केन्द्रीय सदस्य प्रेम पौडेलले संरक्षण गरी बुटवल ल्याएर सोमबार पत्रकार सम्मेलन गरी अभिभावकको जिम्मामा लगाएका छन् । छोरीहरु बेचिनबाट जोगिएर उद्दार भै आएपछि किशोरीका बुबाहरु मनबहादुर तामाङ र रेशम तामाङले खुशी व्यक्त गरे ।   सो अवसरमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य पौडेलले अशिक्षा र गरिबीको फाइदा उठाउदै नेपाली चेलीहरुलाई बेच्ने गिरोहलाई राज्यले हदैसम्मको कारवाही गर्नुपर्ने माग गरे । उनले सीमा नाकामा प्रभावकारी निगरानी नहुदा थुप्रै चेलीहरु बेचिन पुगेको औंल्याउंदै नाकामा कडा चेकजांचको व्यवसथा गर्न राज्यसंग माग गरे । उद्दार भएर आएका किशोरी मध्ये एक जना ७ कक्षा र एकजना ५ कक्षासम्म मात्रै अध्ययन गरेका उनीहरुले बताए ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top