करणीमा परेकी १३ वर्षीया बालिकाले बच्चा जन्माइन्, करणी गर्ने पक्राउ

Unknown
0
 २७ असार 
 चितवनमा १३ वर्षीया एक बालिकाले बच्चा जन्माएकी छिन् । जबर्जस्ती करणीमा परेकी ती बालिकाले भरतपुर अस्पतालमा बच्चा जन्माएकी हुन् । बालिका र नवजात शिशुको अवस्था राम्रो रहेको उनलाई संरक्षण गर्दै आएको संस्था असहाय महिला तथा बालबालिका  पुनःस्थापना केन्द्र आदर्शगृहकी कार्यकारी निर्देशक मीना खरेलले जानकारी दिनुभयो । 
चितवनको कठारका चन्द्रबहादुर क्षेत्री रखलको जबर्जस्ती करणीमा परेर १३ वर्षीया बालिकाले जन्माएको बच्चा आदर्शगृहले एसओएस बालग्रामलाई पालनपोषणका लागि पठाइएको खरेलले आज जानकारी दिनुभयो । बालिकाको परिवारको आर्थिक अवस्थासमेत कमजोर भएकाले बालकल्याण समिति, भरतपुर अस्पताल, चितवन प्रशासनको रोहबरमा आदर्शगृहले नवजात शिशुलाई संरक्षणका लागि एसओएस बालग्रामलाई हस्तान्तरण गरेको हो । 
गएको दसैँताका उनी जबर्जस्ती करणीमा परेको पारिवारिक स्रोतले जनाएको छ । बच्चा गर्भ रहेको करिब आठ महिना पछिमात्रै रहस्य बाहिर आएपछि सरकारी पहलमा विगत एक महिनादेखि बालिका आदर्शगृहको संरक्षणमा रहेकी थिइन् । पेटमा ग्यास्टिक भएको भनि जँचाउन आउँदा बालिका गर्भवती भएको पत्तालागेको  थियो ।
जबर्जस्ती करणीको आरोपमा चन्द्रबहादुरविरुद्ध आदर्शगृहकै पहलमा परिवारले अहिले जिल्ला प्रहरीमा उजुरी दिएका छन् । उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनले करणी गरेको स्वीकार गरेको  स्रोतले बताएको छ ।
यसअघि गएको भदौमा समेत चितवनकै अर्की एक बालिकाले पनि करणीमा परेर बच्चा जन्माएको आदर्शगृहका सूचना तथा सञ्चार संयोजक अर्जुन अधिकारीले बताउनुभयो । गृहमा अहिले पनि हिंसा प्रभावित २३ जना महिला तथा बालिका छन् ।
करणी गर्ने जुटपानीका रामराजा खनाललाई जिल्ला अदालत चितवनले ११ वर्ष तीन महिना कैद र ४० हजार क्षतिपूर्तिको फैसला सुनाएको अधिकारीले बताउनुभयो । हाल चितवनको एसओएस बालग्रामको संरक्षणमा यस्ता असहाय बालबालिका ११४ जना रहेको निर्देशक भोलानाथ पौडेलले जानकारी दिनुभयो । रासस
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top