तीजको अवसरमा स्याङ्जा सहयोग समाज, यूएईले कार्यक्रम गर्ने

0
प्रकाश ढकाल, अञ्जान / यूएई
हिन्दुहरु नारीहरुले मनाउने महत्वपूर्ण चाड हरितालिका तीजको अवसरमा स्याङ्जा सहयोग समाज, यूएईले २९ अगस्त २०१४ (शुक्रबार) का दिन वृहत सांगीतिक कार्यक्रम गर्ने भएको छ ।


Click on Photo to view Full Size
बरदुबईस्थित अस्टोरिया होटलको सभाहलमा गरिने उक्त कार्यक्रममा लोकदोहरी संगीत क्षेत्रका ख्यातिप्राप्त राष्ट्रिय कलाकार द्वय देवी घर्ती मगर तथा राजु ढकालका साथमा यूएईका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तूति रहने छ । विगत ४ वर्षअघिदेखि सामाजिक भावनाले यूएईमा रहेका स्याङ्जालीहरु संगठित भई विभिन्न सामाजिक कार्यहरु गर्दै आएको समाजले आगामी दिनहरुमा पनि अझ उत्कृष्ट खालका सामाजिक कार्यहरु गर्ने उद्धेश्यले यो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमको बारेमा अभिब्यक्ति दिदै समाजका वर्तमान अध्यक्ष राजु पाण्डेले भने, “सामाजिक क्षेत्रमा पूर्ण रुपमा समर्पित भई झण्डै चार वर्षदेखि काम गर्दै आइरहेको समाजले आगामी दिनमा अझ प्रभावकारी खालका सामाजिक कार्यहरु गर्ने योजनाअनुरुप यो कार्यक्रम गर्न लागिएको हो ।”

कार्यक्रम भव्य रुपमा सम्पन्न हुनेमा विश्वास गरिएको छ ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top