कतारमा एक नेपालीलाई मृत्युदण्ड सजाय

0
नेपालीकै हत्या गरेको अभियोगमा एक नेपालीलाई कतारस्थित तल्लो अदालतले मृत्युदण्ड सुनाएको छ। फौजदारी मुद्दाको प्रारम्भिक सुनुवाइ गर्ने क्रिमिनल कोर्टले मार्च ३१ मा पौहवी गौढ१, स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्ड तोकेको खबर आजको कान्तिपुरमा छापिएको छ।
सन् २०१२ अक्टोबर २० मा जलेश्वर-१३ महोत्तरीका मोहम्मद ईर्शाद अन्सारीको उनले हत्या गरेको अदालतको ठहर छ। 'मृत्यु दण्डको फैसलाबारे हामीलाई जानकारी आएको छ,' नेपाली कार्यबाहक राजदूत गणेशप्रसाद ढकालले भने, 'यसबारे हामीले परराष्ट्र मन्त्रालयलाई अवगत गराइसकेका छौ।'
कार्कीले भने माथिल्लो अदालतमा पुनरावेदन गरिसकेका छन्। ढकालका अ
नुसार अभियुक्त र हत्या गरिएका दुबै व्यक्ति नेपाली भएकाले  परिवारबीच सहमति भए मृत्युदण्ड कार्यान्वयनलाई जोगाउन सकिन्छ।' मेलमिलाप पहल पनि सुरु गरिसकेका छौ।' उनले भने ।
कतारको कानुनमा पीडित परिवारले पीडक पक्षले दिएको 'ब्लडमनी' स्वीकारे अदालतले माफी दिन सक्छ । यहाँ ब्लडमनीबापत दुई लाख रियाल (५२ लाख रुपैयाँ) दिने नियम छ ।

कतारमा नेपालीले नेपालीलाई हत्या गरेको अभियोगमा अझै आधा दर्जन मुद्दाको छानबिन भइरहेको छ । तिनका अभियुक्त केन्द्रीय कारागारमा छन् ।

गत साता पनि सप्तरीका सुनीलकुमार मण्डलको शंकास्पद मृत्यु भएको थियो । त्यस घटनाको छानबिन गर्न प्रहरीले ५ नेपालीलाई पक्राउ गरेको छ । गत सातै धरानकी सुरेखा गुरुङ कतारको सुमद्री किनार (कर्नेस) मा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले अनुसन्धानका लागि उनीसँग चिनजान रहेका केटा साथीको खोजी गरिरहेको जनाएको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top