भ्रष्टाचारविरुद्ध समाचार वाचन गरेकोमा निलम्बित पौडेलको पुनर्वहाली

0
माधब पनेरु,पोखरा २ असार ।
समाचार पढेको बिषयमा बिबाद भएपछि निलम्बन गरिएका पोखराको सराङ्गकोट एफ एमका समाचार प्रमुख कमल पौडेल अथक पदमा पुर्नबहाली भएका छन । रेडियोका ब्यबस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर बस्नेतले पौडेललाई निलम्बन गरिएको पत्र थमाएका थिए ।
पोखरा उपमहानगरपालिकाको समाचार पढेको बिषयमा नगरपालिकाका कर्मचारीहरु रेडियोमा नै पुगेर समाचार रोक्न दवाव दिएपछि रेडियोको ब्यबस्थापन समाचार रोक्न राजि भएको थियो । तर समाचार प्रमुख पौडेलले समाचार नरोक्ने अडान लिएपछि बिबाद भएको थियो ।
पौडेलले ब्यबस्थापन समितिको र्निणय नमानेपछि पौडेललाई ६ महिनाको लागि निलम्बन गरिएको ब्यबस्थापन समितीका अध्यक्ष बस्नेतले बताए ।
सोमबार पत्रकार महासंघ कास्कीमा भएको बिभिन्न पत्रकार संबद्ध संघ सस्थाका प्रमुख तथा प्रतिनिधि बीच निलम्बीत पत्रकार पौडेल र सराङ्गकोट एफ एमका ब्यबस्थापन संग भएको छलफल पछि पौडेललाई पुनःबहाली गर्ने मौखिक सहमति भएको हो ।
रेडियो ब्यबस्थापनले पौडेलको निलम्बन प्रकृयामा गल्ती भएको स्वीकार गरेका थिए । आगामी दिनमा रेडियोको हितमा रहेर काम गर्ने , ब्यबस्थापनले समाचारमा कुनै पनि हस्तक्षेप नगर्ने सहमति भएको पत्रकार पौडेलले बताए ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top