बिश्वकप फुटबलमा ब्राजिलको बिजयी सुरुवात, क्रोएसियामाथि ३-१ को जित

0
जेष्ठ-३०, काठमाडौं (सास) । विश्वकप फुटबलको २० औं संस्करण अन्तर्गत आज भएको पहिलो उद्घाटन खेलमा घरेलु टोलि ब्राजिलले क्रोसियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ । यससंगै २०१४ वर्ल्डकप फुटबलमा ब्राजिलले बिजयी सुरुवात गरेको छ ।

ब्राजिलका लागि २ गोल ब्राजिलीयन जुनिएर खेलाडी नेमारले २९ औँ मिनेट र ७२ औँ मिनेटमा गरे भने अन्तिम तेस्रो गोल ओस्कारले ९० औं मिनेटमा गरेका थिए । त्यस्तै तेश्रो वा अन्तिम गोल खेलको ९० औँ मिनेटमा ब्राजिलका अर्का खेलाडी ओस्करले गरेका थिए ।

खेलमा कडा रुपमा प्रस्तुत भएको क्रोएशियाका लागि भने खेलको ११ औं मिनेटमा ब्राजिलीयन खेलाडी मार्सिलोले दिएको आत्माघाती गोलले सुरुवाती खाता खोल्न मद्धत पुगेको थियो ।

अव अर्को खेल मेक्सिको र क्यामरुन बीच आज बेलुकी ९:४५ बजे हुनेछ भने स्पेन बिरुद्ध नेदरल्याण्डबीचको खेल राति १२:४५ बजे हुनेछ त्यस्तै चिली बिरुद्ध अस्ट्रेलियाबीचको खेल भोली बिहान ३:४५ बजे हुनेछ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top