एसएलसीको नतिजा आज बेलुका सम्ममा प्रकाशित हुने

0
जेठ-३०, काठमाडौं (सास) । एसएलसी परीक्षाको नतिजा आज साँझसम्म प्रकाशित हुने भएको छ । परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले सम्पूर्ण तयारी पुरा गरी आज दिउँसो १ बजेको लागि बोर्डको बैठक बोलाएको छ । बोर्डको अध्यक्षमा शिक्षा सचिव रहने ब्यवस्था छ ।

परीक्षा नियन्त्रक विष्णु द्वारेले आज साँझसम्ममा परीक्षाफल प्रकाशन गर्ने जानकारी गराएका छन् । सबै तयारी भइसकेकाले आज माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समिति बोर्डको बैठक बसेर रिजल्ट सार्वजनिक गरिने उनले बताए । ‘सबै तयारी पूरा भइसकेको छ,’ उनले भने,-‘आज दिउँसो समितिको बैठक बोलाएका छौं । बैठक सकेर साँझतिर परीक्षाफल सार्वजनिक गर्छौं ।’ उनका अनुसार बोर्डको बैठक दुईपटक बसेर साँझसम्ममा परीक्षाफल प्रकाशन हुने छ । चैत १ गतेदेखि भएको परीक्षामा ५ लाख ४८ हजार २ सय ४७ विद्यार्थी सहभागी थिए । ५ लाख ६६ हजार ८५ विद्यार्थीले एसएलसीको फारम भरेकोमा १७ हजार ८ सय ३७ जना अनुपस्थित भएका थिए ।

परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीबाट नतिजा प्रकाशन भएपछि, SMS बाट एस्एलसी को नतिजा हेर्नलाई आफ्नो मोबाइलको मेसेज बक्समा गएर slc हान्नु पर्दछ अनि एउटा स्पेस दिएर आफ्नो एसएलसीको सिम्बल न. लेखेर ५००१ मा पठाउनु पर्दछ, त्यसपछी सो सिम्बोल नम्बरको बिध्यार्थी कुन डिभीजनमा पास वा फेल के भएको हो सो नतिजा आफ्नो मोबाईलको ईनबक्समा देखा पर्दछ ।

परीक्षाको नतिजा हेर्न तलका वेवसाइटहरु पनि नोट गर्नुहोस ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top