यौनकर्म छाडे सम्मान जनक रोजगार दिने

0
पोखरा, 
पोखराको बाग्लुङ बसपार्क क्षेत्रमा केन्द्रीत भएका यौनकर्मी महिलाहरुलाई रोजगारको लागि संगठीत भएर आएमा रोजगारको अवसर प्रदान गरीने भएको छ । बाग्लुङ बसपार्कलाई कसरी व्यबस्थीत पार्न सकिन्छ भन्ने बिषयमा शनिबार नेवा छें भवनमा आयोजना भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
बाग्लुङ बसपार्कलाइ नकरात्मक ढंगले हेरीने गरेकोले यसलाई अन्त्य गर्न भिमसेनटोल सुधार समिति पोखराले आयोजना गरेको कार्यक्रम समितिका अध्यक्ष सुरेस बजीमयको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागिहरुले बाग्लुङ बसपार्कमा हाल धेरै सुधार भएकोले अब यसलाई सकरात्मक ढंगले हेर्न आग्रह समेत गरेका छन ।
पोखराको बाग्लुङ बसपार्क क्षेत्रमा रहेका करीब ६० प्रतिशत होटल तथा रेण्टुरेण्टहरु विस्थापित भएका छन । बाग्लुङ बसपार्कमा प्रहरीले करीब तीन महिना देखि २४ सै घण्टा सुरक्षा गस्ती गरे पछि यौन कृयाकलाप सहितको कारोवार हुन नपाएका कारण ६० प्रतिशत होटल तथा रेण्टुरेण्टहरु विस्थापित भएको व्यावसायीहरु बताउछन ।
बाग्लुङ बसपार्क होटल तथा रेष्टुरेण्ट व्यावसायी समितिका अध्यक्ष लक्ष्मीप्रसाद उपाध्यायले बाग्लुङ बसपार्क क्षेत्रमा अनैतिक कृयाकलाप हुने गरेका अधिकाशं होटल तथा रेष्टुरेण्ट व्यवासायीहरु विस्थापित भएको बताए । पहिला होटल तथा रेण्टुरेण्ट संचालन भएका केहि ठाँउमा फरक व्यावसाय कपडा, प्लम्बर, ईलेक्ट्रोनिक लगायतका पसलहरु संचालन भएको उपाध्यायले बताए । बाग्लुङ बसपार्क क्षेत्रमा केहि व्यवसायीहरुको कृयाकलापले समग्र होटल तथा रेष्टुरेण्ट व्यवसायीलाई नै असर पारेको गुनासो गर्दै अध्यक्ष उपाध्यायले आफुहरुले पहिले नै व्यवस्थीत पार्न खोल्दा नसकेको समेत बताए । बाग्लुङ बसपार्क क्षेत्रमा रहेका होटल तथा रेष्टुरेण्टहरुमा अधिकाशं महिलाहरु हुने गरे पनि पछिल्लो तीन महिना यता महिलाहरु कम मात्रामा रहेको उनले बताए । होटल व्यवसायी युवराज श्रेष्ठले आफ्नो व्यावसायमा भने खासै असर नपरेको बताए । उनले भने “पहिला बाग्लुङ बसपार्कमा चामलमा केहि वया थिए, तर हाल सफा चामल रहेका छन । ”
यौनकृयाकलाप हुने गरेको पोखराको बागलुङ बसपार्क क्षेत्रमा रहेका करीब २ सय जना यौनकर्मी महिलाहरु विस्थापित भएका छन । प्रहरीको सुरक्षा गष्तीसंगै यौनकर्मी महिलाहरु विस्थापित भए पछि बागलुङ बसपार्कका होटल तथा रेष्टुरेण्टहरु प्रायः गरी सुनसान भएका छन । दैनिक जसो करीब ८ देखि १० हजार माथि कारोवार गर्ने होटल तथा रेष्टुरेण्ट व्यावसायीकोे पछिल्लो तीन महिनादेखि कारोवार शुन्य जस्तै भएको व्यावसायीहरु बताउछन । । पोखरामा करीब एक हजार जानको हाराहारीमा यौनकर्मी रहेका छन भने अन्य ठाँउहरुमा समेत यौनकर्मी महिलाहरु रहेको बताईन्छ । अझै पनि पोखराका केहि ठाँउहरुमा कन्ट्याकमा यौन व्यावसायी संचालन हुदै आएको स्थानीय मन्नी बजीमयले दाबी गरे । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी वसन्त कुमार लामा पोखरामा सरुवा भई आएसंगै थालेको पहिलो काम बाग्लुङ बसपार्कमा रहेको यौनकृयाकलापलाई रोक्ने अभियान प्रभावकारी हुदै आएको छ ।
कानुनले रोक लगाएको यौन कृयाकलापलाई अब कसैले पोखराको बाग्लुङ सहितको कुनै पनि ठाँउमा गर्न नपाउने बताएका लामाले आफ्नो पालाबाट सुरु भएको यो अभियान अब कसैले चाहेर पनि पुनः पहिलाको बाग्लुङ बसपार्क बनाउन नसक्ने दाबी गरे । आफु सरुवा भई अनेत्र गए पनि कुनै प्रहरीको पालामा पनि बाग्लुङ बसपार्क पहिलाको स्थित यौनकृयाकलाप हुने अबस्थामा फर्किन नसक्ने दाबी गर्दै एसपी लामाले यदी कसैले त्यो गरेमा उसको २४ घण्टा भित्र सरुवा हुने जिकिर गरे । विदेशी फिल्म भन्दा कम नभएको बाग्लुङ बसपार्कमा हुने गरेको यौन कृयाकलापलाई अन्यत गर्न यौन व्यवसायीमा संलग्न भएका महिलाहरुको लागि आवश्यक पर्ने रोजगारको लागि आफुहरुले पहल गर्ने उनले वचन दिए । बाग्लुङ बसपार्कको नामबाटै नराम्रो छाप परेकोले अब बाग्लुङ बसपार्कको नाम समेत परिर्वतन गर्नुपर्ने उनले राय दिएका छन । कानुनले बर्जीत गरेको काम गरेका व्यवसायीहरु विस्थापित हुदै जाने बताएका लामाले कानुनले दिएको सिमा भित्र रहेका व्यवसायीहरुलाई आफुहरुले सुरक्षा दिने बताए ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिव बहादुर कोईरालाले यौन कृयाकलामा संलग्न रहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुलाई आवश्यक पर्ने सिपहरु दिन संघ तयार रहेको बताए । न्युनतम तलव दिने गरी सम्मान जनक पेशा तथा व्यवासाययमा संलग्न गराउन आफुहरु तयार रहेकोले यसमा उनीहरु संगठित भएर आउन कोइरालाले आग्रह गरे ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top