चर्चित तथा कर्णप्रिय शब्दका धनी गीतकार गोबिन्द प्रसाद उपाध्यायको पहिलो एल्बम सत्यताका सबै गीतहरु स्रोता दर्शकहरुले अत्यन्त मनपराएका छन् । छोटो समयमा निकै लोकप्रियता हासिल गर्नुभएका उपाध्याय शब्दमा वास्तबिकता खोज्नुहुन्छ , जिवनका भोगाईहरुलाई शब्दमा कोर्दै मन छुने शब्द र नयापनले नै आज उहाको पहिलो एल्बम सत्यता लाई र सत्यताका गीतहरुलाई सबै नेपाली स्रोतादर्शकहरुले धेरै मन् पराउनु भएको छ.। नेपालि सांगीतिक बजारलाई हेर्दा "सत्यता" एल्बम नै गत बर्षको सुगम संगीत तर्फको सबैभन्दा चर्चामा रहेको एल्बम मानिन्छ ।
"सत्यता" एल्बम गीतकार गोबिन्द प्रसाद उपाध्यायको एकल एल्बम हो जसमा उपाध्यायको एकल शब्द र सङितकार हरि लम्साल को संगीत रहेको छ भने एल्बम भित्र १० वटा गीत समाबेश गरिएको छ र यस एल्बमलाइ Vibes Creation ले बजारमा ल्यायको हो । एल्बम भित्र अन्जु पन्तको आवाजमा रहेको "कथा जिन्दगिको" स्वरुपराज आचार्यको " नखाएको भए" , प्रमोद खरेलको " बैगुनीले " ,हरि लम्सालको " बिश्वाश छल गरी", , मनोजराज को "तिमी बिना एकलै" , मिलन अमात्यको "सधै भरि " ,राजेश पायलराइको " तिमि मेरो " निशा देशारको "अर्कै संग " , इन्दिरा जोशिको "पानी- पानी" र दुर्गा खरेलको आवाजमा रहेको " तिम्रो त्यो बोलि " बोलका सबै गीतहरु रोजाईमा परेका गीतहरु हुन।
"सत्यता" एल्बमले विभिन्न अवार्ड थाप्ने क्रममा STAR FM अवार्ड र Young minds entertainment अवार्डमा बर्षकै उत्कृष्ठ सुगम संगीतको एल्बमको अवार्ड हात पार्यो र पहिलो एल्बम "सत्यता" को सफलता संगै यो बर्ष"सत्यता-२" छिटै बजारमा ल्याउने गीतकार उपाध्यायले जानकारी दिनु भयो। गीतकार उपाध्याय ले आफ्नो एल्बम बाहेक अरुका एल्बम मा पनि शब्दहरु कोर्नुभएको छ जुन गीतहरु बजारमा आइरहेका छन् र छिट्टै आउने क्रममा पनि रहेका छन।
स्रोतादर्शक हरुको माया, उत्प्रेरणा नै सङीतको ठुलो अवार्डको रुपमा लिने उपाध्याय स्रोतादर्शकहरुलेदिने अवार्ड को सधै भोको रहेको, र त्यहीनै साङितिक् अवार्ड हो भन्नु हुन्छ । दर्शक स्रोतानै प्रेरणाको स्रोत अनी मार्गदर्शक भएको बताउने गीतकार उपाध्याय दर्शक स्रोतालाई नै आफ्नो भगवान ठान्नुहुन्छ । हाम्रो तर्फ बाट पनि गीतकार गोबिन्द प्रसाद उपाध्याय लाई पहिलो एल्बम सत्यताको सफलता संगै छिट्टै बजारमा आउन लाएको सत्यता-२ को पनि सफलताको कामना गर्दछौ ।
